अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन संघीय सरकारले मात्र निर्भर भएर नहुने बताउँदै प्रदेश र स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।
विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
प्रथम महिला सविता पौडेलले हरितालिका तिजको अवसरमा मङ्गलबार पशुपतिनाथको दर्शन गरी पूजा अर्चना गर्नुभएको छ ।
राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्वपूर्ण’ भन्दै प्रशंसा गर्नु भएको छ ।
गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ ।
सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।
सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचनको कायर्यक्रम सार्वजनिक भएको छ।
नेपाल तेक्वान्दो सङ्घको आयोजानमा चौथौ एनटिए लिग बिहीबारदेखि सुरु हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउनसरकारको ध्यानाकर्षण गराएको छ ।
मङ्गलबार स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा कार्यालयको सेवाप्रति नागरिकले प्राप्त गरेको सन्तुष्टिलाई थप व्यवस्थित गर्दै प्रभावकारी सेवा प्रवाह गर्ने प्रजिअ सेढाइँले प्रतिवद्धता जनाउनुभएको हो ।
सङ्घीय संसदको संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएको छ। उहाँले सभापति पदबाट विशेष कारण देखाउँदै राजीनामा दिनुभएको हो।
नवलपुरको कावासोतीमा एउटा पोथी गैँडा मृत फेला परेको छ । कावासोती –१५ मा रहेको गुन्द्रही ढकाहा सामुदायिक वनमा पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ । यस गाउँमा काठले बनेको मात्रै घरहरु छन् । जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।