कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ का लागि रास्कोटमा इप्रका स्थापना गर्न लागिएको हो ।
रौतहटको गौर नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै मङ्गलबारदेखि कित्ताकाट खुलेको गौर नगरपालिकाले जनाएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा सरकारले साढे ३० अर्ब रुपियाँ ऋणबापतको सावाँ भुक्तान गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले आन्तरिक ऋणबापतको २७ अर्ब १० करोड रुपियाँ र वैदेशिक ऋणबापत तीन अर्ब ४५ करोड रुपियाँ भुक्तान गरेको हो ।
गोरखापत्रको मङ्गलबारको पहिलो पृष्ठमा प्रकाशित ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको समाचारप्रति सामाजिक सञ्जालमा पाठकवर्गले प्रतिक्रिया दिनुभएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।
झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ र बिक्रीदर १४० रुपियाँ ६० पैसा कायम भएको छ ।
चाडपर्वमा लाग्ने गरेका मेला ग्रामीण क्षेत्रमा हराउँदै गए पनि पोखरावासीले तिजमा पुरानै रौनक अवलोकन गर्न पाउँछन् । हरेक चाडपर्व र उत्सवलाई पृथक् तवरले मनाउने पर्यटन राजधानी पोखरामा अहिले ठाउँ ठाउँमा तिज केन्द्रित मेला, महोत्सव जारी छन् ।
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
असोज १ गतेदेखि अनिवार्य जडान गर्न भनिएको इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिबाना नहुने भएको छ । आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गई स्वस्फूर्त रूपमा जडान गर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका दीपक मनाङे भनिने राजीव गुरुङको सांसद पद सर्वोच्चकै आदेशले रिक्त भइसकेको छ । गण्डकी प्रदेश सभा सदस्य गुरुङको पद संवैधानिक इजलासको आदेशले रिक्त भए पनि झन्डै आधा कार्यकाल मान्य हुने व्याख्या सर्वोच्चले गरेको छ ।
गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाह सुशासन तथा सेवा प्रवाहलाई थप सरल र पहुँचयुक्त नागरिक सेवा उपलब्ध गराउने उद्देश्यले देशभर थप २३ वटा इलाका प्रशासन कार्यालय थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा समावेश गरिएका प्रावधानप्रति सरोकारवालाले असन्तुष्टि जनाएका छन् । शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिले पारित गरेको उक्त विधेयक गत शुक्रबार प्रतिनिधि सभामा पेस भएको छ ।
जनवादी गणतन्त्र चीनको तियान्जिन सहरमा भदौ १५–१६ गते हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलन २०२५ मा नेपाल संवाद साझेदार (डाइलग पार्टनर) का रूपमा सहभागी हुँदै छ ।
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध हुनुभएको छ । सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ ।
म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार राति करिब ११ बजेतिर सो घटना भएको हो।