गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको हो ।
काठमाडौँ, पुस ३ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु हुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनु भएको हो । ‘‘मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’’, कार्यक्रम उद्घाटन समारोहमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति यादवले भन्नुभयो ।उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको हो । उहाँले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनु पर्नेमा समेत जोड दिनु भएको छ । उपराष्ट्रपति यादवले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको बताउनु भयो । नेपालको गौरवमय इतिहास बोकेको गोरखापत्रको शताब्दी रजत र दी राइजिङ नेपाल ६१ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिनु हुँदै यस्तो बताउनु भएको हो । गोरखापत्र ऐकेडेमी सञ्चालनमा ल्याएको बहसले मुलुकको समग्र अर्थतन्त्रलाई सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षामा समन्वय गर्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नु भएको छ । जेनजी आन्दोलनपछि अर्थतन्त्रमा महत्त्वपूर्ण निचोडका लागि सहकार्यको आवश्यकता देखिएको समयमा यो कार्यक्रम महत्त्वपूर्ण बन्ने विश्वास उहाँको छ । यो कार्यक्रम जेनजी माग अनुसार भएको उहाँले बताउनु भयो । ‘पारदर्शीता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेनजी आन्दोलनपछि गोरखापत्रले अगाडि बढाएको यो कदम महत्त्वपूर्ण छ’,उहाँले भन्नु भयो । उहाँले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको उहाँले बताउनु भयो । उहाँले गोरखापत्रको योगदान राष्ट्रिय एकतामा समेत विशेष भएको उल्लेख गर्नु भयो । ‘इतिहास र परिवर्तनको जीवन्त दस्तावेज हो । राणाकालदेखि गणतन्त्रसम्म गोरखापत्रले आम नागरिकको आवाज निरन्तर उठाएको छ । यसले राष्ट्रिय एकतामा उल्लेखनीय योगदान गरेको छ ।’ उहाँले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पुर्याउनु पर्नेमा समेत जोड दिनुभयो । ‘निजी क्षेत्र आर्थिक क्षेत्रको इन्जिन हो । यसलाई पत्रकारिताले सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पुर्याउने काम गर्नु पर्छ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावलाई सफल बनाउन सरकार लागि परेको भन्दै यसलाई महोत्सव बनाउनुपर्ने बताउनुभएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उत्साह बढेको बताउनु भएको छ ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मुलुकको अर्थतन्त्रमा आशाको सञ्चार गराउन गोरखापत्र संस्थानले ‘गोरखापत्र डिस्कोर्स’ आयोजना गरेको जानकारी दिनुभएको छ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउने क्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेसिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
नवलपुरको कावासोती चार हसौराका मित्रबहादुर गाहा मगरले तरकारी खेती गर्दैआएको सात वर्ष भयो । लामो समयदेखि कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै विचलित हुनुभएन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।
गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका– ६ स्थित बाल मन्दिर विद्यालय गेटमै सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ ।
सल्यान प्रहरीले ३३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख अतिथ्यतामा डिस्कोर्स कार्यक्रम उद्घाटन भएको हो ।
सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजित निःशुल्क मुटु स्वास्थ्य शिविर तथा बालबालिकाहरुको मुटु परीक्षणमा दुई हजार ४५६ जनाको मुटु परीक्षण गरिएको छ ।
यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले दिएको जानकारी अनुसार २०८२ सालका लागि तयार गरिएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ ।