• ३ पुस २०८२, बिहिबार

गोरखापत्र डिस्कोर्स– उद्घाटन समारोह– प्रत्यक्ष प्रशारण

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख अतिथ्यतामा सुरु भएको गोरखापत्र डिस्कोर्स उद्घाटन समाराेहका अतिथि ।

काठमाडौं – गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा ‘गोरखापत्र डिस्कोर्स’  गरेको हो । संस्थानले पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ शीर्षकमा यो कार्यक्रम ललितपुरको पुल्चोकस्थित दी प्लाजामा सञ्चालन भइरहेको छ ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख अतिथ्यतामा डिस्कोर्स कार्यक्रम उद्घाटन भएको हो । 

उद्घाटन समारोहमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रा.डा. विश्वनाथ पौडेल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली उपस्थित हुनुहुन्छ । 

कार्यक्रमको अध्यक्षता गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गर्नुभएको छ : 

आशाको सञ्चार गराउन गोरखापत्र डिस्कोर्स : महाप्रबन्धक ऐरी 

काठमाडौँ, पुस ३ गते।गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मुलुकको अर्थतन्त्रमा आशाको सञ्चार गराउन गोरखापत्र संस्थानले ‘गोरखापत्र डिस्कोर्स’ आयोजना गरेको जानकारी दिनुभएको छ।

गोरखापत्र एकेडेमीको संयोजनामा आयोजना भएको गोरखापत्र डिस्कोर्स कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै उहाँले यस्तो जानकारी गराउनुभएको छ।

‘यो कार्यक्रमले राज्य र व्यवसायिका बिचमा केही न केही सन्देश प्राप्त हुनेछ।यो सन्देश राज्यलाई लिखित रुपमा उपलब्ध गराउने छौँ।अहिले अर्थतन्त्रमा निरासाको व्यापार भइराखेको छ।हामीसँग पर्याप्त सम्भावना र अवसर छन्।यी चुनौतीलाई कसरी सामना गर्ने भनेर हामी आशाको सञ्चार गराउन गोरखापत्र डिस्कोर्स आयोजना गरेका हौँ,’महाप्रबन्धक ऐरीले भन्नुभयो।

उहाँले गोरखापत्र एकेडेमीले पत्रकारिताको क्षेत्रमा प्राज्ञिक काम गर्ने जानकारीसमेत गराउनुभएको छ।