धरान उपमहानगरपालिकामा मोटरसाइकल र अटोरिक्सा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तीन सातासम्म बन्द भएर खुलेको बाह्रबिसे–तातोपानी सडकमा पहिरो गएपछि फेरि बन्द भएको छ ।
पारी पारी आएका ढाका टोपी लाएका, तिनै होलान हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तिज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमापुस्ताको तिजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा थिएन । छोरीलाई विवाह गरेर टाढा–टाढा पठाइएको हुन्थ्यो । तिजको अवसरमा छोरीलाई बुबा वा दाजुभाइ लिन जाने चलन हुन्थ्यो।
बाजुराको बुढीगङ्गा नदीमा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको बडिमालिका नगरपालिका –२ का अन्दाजी २२ वर्षीया हिमाल महत रहेका छन् ।
नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानलेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
बागलुङदेखि पाङ अदुवाबारी जोड्ने गण्डकी गोल्डेन ब्रिजको तल रहेको अकाल मन्दिरनजिक लहरै छ बङ्गुर पालन फार्म । गोर्खा घर भई बागलुङ बस्दैआएका कमलबहादुर थापा मगरले त्यही फार्ममा दैनिक व्यस्त हुने गर्नुभएको छ ।
साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।
नेपाल‐भारतका सुरक्षाकर्मीबिच भएको डिआइजी स्तरीय सीमा समन्वयात्मक बैठक दार्चुलाको खलङ्गमा सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका –४ दाबगरामा निर्माण गरिएको ‘बागलुङ बसपार्क’ बाट औपचारिक रुपमा बस सञ्चालनमा आएको छ । गत साता २५ वर्षका लागि आरबी कन्ट्रक्सन प्रा.लि. पोखरासँग ठेक्का सम्झौता गरेको नगरपालिकाले औपचारिक रुपमा बस छुटाएर आवश्यक रुट कायम गरेको छ ।
कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ ।
नेवार समुदायले आज चथा पर्व मनाउँदै छ । भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथा पर्व भक्तपुर नगरमा आजै मनाउन लागिएको हो ।
नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरताका निम्ति तिजलगायत पर्वहरू महत्वपूर्ण छन् भन्नुभएको छ । तिजको अवसरमा सन्देश जारी गर्दै उहाँले मुलुकको मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्वको महत्व अधिक रहेको बताउनुभएको छ ।
यहाँको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।