• ३ पुस २०८२, बिहिबार

दुई हजार वर्ष पुरानो संरचना संरक्षण

blog

विराट् राजाको दरबार क्षेत्र भनिएको विराटनगरको भेडियारी क्षेत्रको पुराताìिवक संरचना संरक्षण गरिँदै । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, पुस ३ गते  । ऐतिहासिक एवं पुराताìिवक महìव बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट् राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण सुरु गरिएको छ । पुरातìव विभागले ऐतिहासिक ‘भेडियारी ढिस्को’ को उत्खननबाट प्राप्त इसाको पहिलो र दोस्रो शताब्दीका संरचनालाई थप क्षति हुन नदिन संरक्षणको काम थालेको हो ।

विभागले २०२७ सालमा पहिलो पटक र २०७८ सालमा पुनः उत्खनन गर्दा यहाँ प्राचीन पर्खाल तथा कक्ष भेटिएका थिए । वर्षा, घाम र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएको उक्त संरचनालाई सुरक्षित राख्न अहिले संरक्षणको काम भइरहेको छ । संरक्षण कार्य अन्तर्गत पुराना संरचनामाथि ‘जियो टेक्सटाइल’ (विशेष कपडा) बिछ्याएर नयाँ इँटाले छोप्ने र पानी नछिर्ने गरी ‘वाटर टाइट’ बनाउने काम भइरहेको छ ।

दरबार कि मन्दिर ?

स्थानीय जनविश्वास अनुसार यो स्थानलाई महाभारतकालीन विराट् राजाको दरबार मानिए पनि पुराताìिवक अध्ययनले यसलाई मन्दिरको संरचना हुन सक्ने सङ्केत गरेको छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ पुरातìव अधिकृत तथा यस क्षेत्रमा खटिएका पुरातìवविद् हिमालकुमार उप्रेती भन्नुहुन्छ, “२०२७ सालमा वरिष्ठ पुरातìवविद् तारानन्द मिश्रले गर्नुभएको उत्खनन प्रतिवेदन अनुसार यहाँ मन्दिरको गर्भगृह रहेको र यो दुई चरणमा निर्माण भएको देखिन्छ । पहिलो चरणमा शुङ्गकाल (दोस्रो शताब्दी इपू) र दोस्रो चरणमा कुषाणकाल (पहिलो शताब्दी इ.) मा यी संरचना बनेको पाइएको छ ।”

उहाँका अनुसार अहिले देखिएका अधिकांश इँटा कुषाणकालीन हुन् । २०७८ सालको उत्खनन र जियोफिजिकल सर्भेले यो क्षेत्रमा ४६ फिट लम्बाइ र ४५ फिट चौडाइ भएको ठुलो संरचनाको जग रहेको देखाएको छ ।

संरक्षणको प्रविधि र सामग्री

अहिले भइरहेको काम पुनर्निर्माण नभई संरक्षण मात्र हो । जमिनमुनि दबिएर रहेका पर्खाल बाहिर देखिँदा मौसमको प्रभावले छिटो बिग्रने खतरा हुन्छ । त्यसैले पुराना इँटालाई सुरक्षित राख्न त्यसमाथि नयाँ इँटाको प्रयोग गरिँदै छ ।

पुरातìवविद् उप्रेतीले भन्नुभयो, “हामीले पुराना पर्खाल भत्किएको वा बाङ्गो छ भने त्यसलाई सोझो बनाउँदैनौँ । जुन अवस्थामा भेटिएको छ, त्यही अवस्था (एज इट इज) मा संरक्षण गर्छौं । पुरानो र नयाँ संरचना छुट्याउन बिचमा ‘जियो टेक्सटाइल’ राख्छौँ ताकि भोलि अध्ययन गर्दा पुरानो भाग कुन हो भनेर सजिलै थाहा पाइयोस् ।”

संरक्षणका लागि प्रयोग गरिने इँटा र मसला पनि विशेष प्रकारका छन् । सिमेन्टको प्रयोग नगरी प्राचीन शैलीमै सुर्खी (इँटाको धुलो), चुना र बालुवाको मिश्रण प्रयोग गरिएको छ । यहाँ प्रयोग गरिएका इँटा आधुनिक इँटाभन्दा धेरै ठुला छन् ।

पुरातìव विभागका कर्मचारी हरिप्रसाद भुसालका अनुसार यहाँ प्रयोग गरिएका इँटा काठमाडौँबाट विशेष अर्डरमा ल्याइएको हो । “यी इँटाको साइज ३२ देखि ४० सेन्टिमिटरसम्म लम्बाइका छन् । लुम्बिनीमा प्रयोग हुने गुणस्तरकै इँटा यहाँ ल्याइएको छ,” भुसालले भन्नुभयो ।

कहिलेसम्म चल्छ काम ?

हालको चरणमा भेडियारीको मुख्य संरचनाको माथिल्लो भागलाई पानीले नबिगार्ने गरी छोप्ने (क्यापिङ गर्ने) काम भइरहेको छ । करिब आठ जना कामदार र प्राविधिक टोली खटिएको यो काम पुस १५ सम्म चल्ने बताइएको छ ।

“यो संरचनालाई अहिलेकै अवस्थामा जोगाएर राख्नु हाम्रो मुख्य चुनौती हो । यसलाई माटोले पुरेर राख्दा सुरक्षित त हुन्छ तर पर्यटकीय हिसाबले मानिसले हेर्न पाउँदैनन् । त्यसैले नबिग्रने गरी केही भाग माथि उठाएर देखाउन मिल्ने बनाउँदै छौँ,” उप्रेतीले भन्नुभयो ।

संरक्षणको काम सकिएपछि यो क्षेत्र खुला सङ्ग्रहालयका रूपमा विकास हुने र अवलोकनकर्ताले दुई हजार वर्ष पुरानो इतिहास प्रत्यक्ष देख्न पाउने विश्वास गरिएको छ । विगतमा भारतको कपिलवस्तुलगायतका क्षेत्रमा प्रयोग भएको संरक्षण शैली नै यहाँ अपनाइएको छ ।

अहिले भइरहेको कामले ऐतिहासिक सम्पदाको आयु लम्ब्याउने र भावी पुस्ताका लागि इतिहास जोगाइराख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । विभागले बजेट र जनशक्ति व्यवस्थापन गर्दै आगामी वर्ष पनि थप संरक्षणका काम निरन्तर अघि बढाउने योजना बनाएको छ ।