तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् । विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले नाच्नेडाँडाको ऐतिहासिक महत्व पुष्टि हुन्छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको खार्पुनाथ गाउँपालिका–१ को भिगौडाको चट्टानी भिर छिचोलिएको छ । बोक्चेगौँडा, याङ्चुकनासहित भिगौडाको चट्टानी भिरको सडकलाई स्तरोन्नति गर्ने कार्यको जिम्मा पाए अनुसार नेपाली सेनाले सो भिरलाई सडकमा परिणत गरेको छ ।
आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले जीवनाशक विषादी व्यवस्थापन ऐन ल्याउने तयारी गरेको छ । जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण र व्यावसायिक प्रयोगको नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभाव नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने उद्देश्यले सरकारले ऐन ल्याउन लागेको हो । यो ऐन बनाएर प्रदेशमा विषादी छर्कने व्यवसायीलाई इजाजत दिने, नवीकरण गर्ने जस्ता कार्यलाई व्यवस्थित बनाइने जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो ।
सिन्धुली जिल्लामा ग्रामीण क्षेत्रका किसानलाई जङ्गली जनावरबाट आफूले उत्पादन गरेको बाली जोगाउन सकस परेको छ । जङ्गलछेउमा रहेका आफ्नो खेतबारीमा उत्पादन गरेको सिजन अनुसारको बाली जङ्गली जनावरले आएर खाएर तथा उफ्रेर नष्ट गर्दै आएको किसानको गुनासो छ । सुनकोशी गाउँपालिका–७, नागिका किसान वीरबहादुर लामा त्यस क्षेत्रमा बाँदर, दुम्सी, बँदेललगायतका जङ्गली जनावरले किसानलाई धेरै दुःख दिँदै आएको बताउनुहुन्छ ।
कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ ।
एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ ।
स्थानीय समुदायको सक्रियतामा सुरु भएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२, मनरीस्थित थारू सांस्कृतिक पार्कले अहिले व्यापकता पाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।