शुभदीप म्युजिकको ब्यानरमा बनेको दीप बन्जाराको नयाँ प्रस्तुति ‘रित्तो गाउँ’ सार्वजनिक भएको छ । गाउँका युवा वैदेशिक रोजगारीका कारण परदेसिन बाध्य भइरहेका कारण बिथोलिँदै गएको सामाजिक संरचना, अभिभावकको एक्लोपन र गाउँबस्तीको वास्तविक अवस्थालाई मार्मिक ढङ्गले म्युजिक भिडियोले प्रस्तुत गरेको छ ।
नेपाली आधुनिक सङ्गीतका सुर शिरोमणि भनेर चिनिने सङ्गीतकार नातिकाजी श्रेष्ठको बिहीबार १०१ औँ जन्मजयन्ती मनाइएको छ । कुटुबहालस्थित उहाँकै निवासमा एक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा उहाँको फोटोमा माल्यार्पण गरिनुका साथै उहाँले गर्नुभएको योगदानको चर्चा गरिएको थियो ।
मुलुकको समग्र आर्थिक विकाससँगै समृद्धि हासिल गर्न अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रको मनोबल उकास्नु जरुरी रहेको औँल्याइएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
बढ्दो सूचना प्रविधिको विकाससँगै मुलुकमा ‘स्मार्ट’ पूर्वाधार विकास गर्न आवश्यक रहेको सरोकारवाला विज्ञले बताएका छन् । परम्परागत विकासको ढाँचाले सडक पूर्वाधार दिगो, गुणस्तरयुक्त टिकाउ र भरपर्दो नहुँदा समय अनुसार ‘स्मार्ट’ पूर्वाधार विकास र व्यवस्थापन हुन आवश्यक रहेको बताइएको छ ।
नेपालको आन्तरिक रोजगारीको झन्डै ८० प्रतिशत योगदान निजी क्षेत्रको भए पनि सरकारबाट उचित मूल्याङ्कन हुन नसकेको गुनासो गरिएको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार ललितपुरमा आयोजना गरिएको गोरखापत्र डिस्कोर्समा सहभागी निजी क्षेत्रका प्रतिनिधिले यस्तो गुनासो गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०९ पैसा र बिक्रीदर १४४ रुपियाँ ६९ पैसा निर्धारण गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिनुभएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले अन्तरिम सरकार र निजी क्षेत्रबिचको प्रभावकारी सहकार्यका कारण जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर अवस्थाबाट मुलुकको अर्थतन्त्र चाँडै रिकभर हुन थालेको बताउनुभएको छ । पछिल्ला महिनामा आर्थिक सूचक सुधारोन्मुख बन्दै गएको उल्लेख गर्दै उहाँले अर्थतन्त्र क्रमशः लयमा फर्किरहेको दाबी गर्नुभयो ।
हेलो सरकारमा प्रहरी कार्यालय, विद्युत् प्राधिकरण, सूचना प्रविधि विभागलगायत जनताले प्रत्यक्ष सेवा लिने १० निकायमा सबैभन्दा बढी गुनासो आउने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमातहत रहेको हेलो सरकारमा जनताले हेलो सरकार पोर्टल, हेलो सरकार नम्बरलगायत ११ माध्यमबाट गुनासो टिपाउने गरेका हुन् ।
नेपाल चिकित्सक सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आगामी माघमा हुने निर्वाचनका लागि बुधबार विभिन्न तीन समूहले उम्मेदवारी दर्ता गराएका छन् ।
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि हुने भएको छ । नवीकरण र कर सङ्कलन गर्दै आएको कार्यालयले परीक्षा सञ्चालन तयारी थालेको छ ।
‘गोरखापत्र डिस्कोर्स अन रिकोभरी एन्ड रेजिलेन्स’ कार्यक्रमले आर्थिक विकासको मार्ग देखाएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकारवालाबिच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरहरूको पहिचान गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायीहरूको अपेक्षा, नीतिगत अन्योल र सरकारले चाल्नुपर्ने कदमका विषयमा बहस भएको थियो ।
गोरखापत्र संस्थानले करार तथा अस्थायी सेवामा कार्यरत सञ्चारकर्मी र कर्मचारीलाई औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरेको छ ।