आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको हो ।
धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा रहेको गर्जुरा पार्क पाँच महिनाको अवधिमा १२ हजारभन्दा बढीले अवलोकन गरेका छन् । रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार यस आर्थिक वर्षको सुरुदेखि मङ्सिरसम्म १२ हजार एक सय जनाले रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरा पार्कको अवलोकन गरेका हुन् । नगरले स्थापना गरेको पर्यटन सूचना केन्द्रको अभिलेख अनुसार राजनीतिक दल, राष्ट्रियस्तरका कलाकार, पत्रकार, व्यवसायी, धर्म तथा पर्यटनमा रुचि राख्ने धार्मिक तीर्थालु, आन्तरिक पर्यटक गरी कुल १२ हजार एक सयले यस क्षेत्रको अवलोकन गरेका हुन् । नगरप्रमुख खिलध्वज पन्थीले नगरले सञ्चालन गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान प्रभावकारी भएको बताउँदै यस अभियानलाई निरन्तरता दिएको बताउनुभयो ।
यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो ।
धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ ।
आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।
यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी–२ मा नेपाली कांग्रेसबाट १५ जना उम्मेदवारका आकाङ्क्षी देखिएका छन् ।
जाजरकोटमा एक महिनामा १४ मुद्दा दर्ता, ७ सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार पछिल्लो एक महिनामा जिल्लामा १४ वटा मुद्दा दर्ता भएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
भारतीय पर्यटकलाई देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका मन्दिर र शालग्राम संग्राहलयको महत्त्वबारे पर्यटकलाई जानकारी गराइएको छ ।
वरिपरि सबै तिर सुख्खा भिर । भिरकै बिचमा एक खोच, खोचमा सानो ओडार अनि ओडार भित्र गाइका थुन झैँ देखिने पत्थर र पत्थरबाट निरन्तर रसाइरहेको पानी ।
दाङको लमहीमा निर्माण भइरहेको ट्रमा सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम राजमार्गछेउमै बन्न लागेको उक्त सेन्टर राप्ती उपत्यका तथा दाङ देउखुरी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार सहज बनाउने उद्देश्यसहित निर्माण गर्न थालिएको हो ।
गोरखा सदरमुकामनजिकै रहेको गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर विद्यालको प्रवेशद्वारअगाडिको सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ । गोरखा सदरमुकामबाट प्रसिद्ध गोरखकाली मन्दिर, भीमसेन पार्क, नारेश्वर, बेनीखोला, सिरानचोक, अजिरकोट, भीमसेन थापा गाउँपालिका र आरूघाट गाउँपालिका जाने मुख्य सडक खाल्टाखुल्टीले भरिएको छ । एक वर्ष बितिसक्दासमेत सडक मर्मत नहुनु गोरखावासीका लागि चिन्ताको विषय बनेको छ ।