म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतकी माया सुवेदी आजभोलि बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् ।
जलेश्वर कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये करिब आधा बन्दी अझै फरार छन् गत भदौ २४ गते साँझ जेनजीको आन्दोलनका क्रममा जलेश्वर कारागारमा रहेका ५७५ कैदीबन्दी भागेका थिए । भदौ २४ गते साँझ ७ बजे लाठीसहित आन्दोलनकारी आएपछि कैदीबन्दीसमेत पर्खाल भत्काउँदै भागेको थियो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकास दिन प्रतिनिधि सभाको चुनाव नै एक मात्र विकल्प भएको बताउनुभएको छ । उहाँले त्यसका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन पनि दिनुभएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आसन्न शीतलहर र बढ्दो चिसोबाट नगरवासीलाई सुरक्षित राख्न पूर्व तयारीका गरेको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाले बेरुजु घटाउने अभियान सुरु गरेको छ । यसका लागि बेरुजु फस्र्योट समिति गठन गर्ने र सार्वजनिक लेखा समितिलाई सक्रिय बनाउने भएको हो ।
कर्णालीमा बालबालिकामा कुपोषणको दर बढ्दो क्रममा छ । विभिन्न तथ्याङ्कले कुपोषणबारे कर्णालीको चिन्तालाग्दो अवस्था देखाएको छ । स्वास्थ्य क्षेत्रमा कुपोषणसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालनमा छन् । तैपनि पोषणको अवस्थामा सुधार आएको छैन ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार रुकुमपश्चिमको कुल साक्षरता दर ७५.७४ प्रतिशत मात्र छ । यो समग्र मुलुकको शैक्षिक अवस्थाभन्दा कम हो । यसै पनि साक्षरता कम भएका जिल्लामा वित्तीय साक्षरता दयनीय छ । यसको सुधारमा स्थानीय सरकारले चासो पनि लिएको देखिँदैन ।
सुदूरपश्चिम प्रदेशका योजना तथा कार्यक्रम सञ्चालनमा अन्योल दखिएको छ । एउटै प्रदेश अन्तर्गतका यहाँका केही कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का योजना तथा कार्यक्रम सञ्चालन गरिरहेका छन् भने केही कार्यालय अझै सम्बन्धित मन्त्रालय र मुख्यमन्त्रीको निर्देशन पर्खिरहेको अवस्थामा छन् ।
नेपालमा सबैभन्दा थोरै क्षेत्रमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । बाघको पछिल्लो सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय बाघ गणना अन्तर्गत बाघ गणनाको तयारी गरिएको हो । नेपालमा तीन वटा क्लस्टर छुट्याएर बाघ गणना गरिँदै छ ।
जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ ।
हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमित प्रश्न बनेको छ, प्रशासकीय भवन कहिले बन्छ ? कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतिको सूचक देखाउने नगरपालिकाले आफ्नो प्रशासकीय भवन अलपत्र परेको, बनेको घर पूरा नभई जीर्ण बन्न थालिसकेको विषय चासोका साथ उठाउने गरिएको छ ।
गत भदौ २३ र २४ गते देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटका घटनामा संलग्न २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बर्दियाको जब्दीघाट पुलको अनुगमन गर्नुभएको छ । उहाँले पुरानो पुलको मुद्दा लम्बिने भएको हुँदा नयाँ पुल निर्माण प्रक्रिया अगाडि बढिसकेको र छिट्टै नै पुलको ठेक्का हुने बताउनुभयो ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार पछिल्लो समय गम्भीर खानेपानी अभावको चपेटामा परेको छ । जिल्लाकै प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्र मानिने मान्म बजारमा नियमित रूपमा पानी नआउँदा स्थानीयवासी दैनिकी चलाउनै कठिन अवस्थामा पुगेका हुन् ।