आर्थिक वर्ष २०८१/०८२ मा सप्तरीमा विभिन्न पोखरी, इनार, नदी–नाला र खेतमा बनेका खाल्टोमा डुबेर २३ जना बालबालिकाको मृत्यु भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर ।
भारतले नेपाललाई उपहार दिएको मुर्रा जातका राँगामध्ये एक मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय छिनेडाँडामा राखिएका ७ मुर्रा राँगामध्ये रोहित नामक राँगा गत साउन ३० गते मरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले जानकारी दिनुभयो ।
म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा दुई वटा फलफूल चिस्यानगृह निर्माण भएका छन् ।
गोरखा कप भलिबल २०८२ को उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले हात पारेको छ । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको छात्र र छात्रातर्फको दुबै उपाधि आयोजक विद्यालयले नै हात पारेको हो ।
सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । चार महिना लगाएर मूर्तिकार कृष्ण बहादुर सुनारले उक्त मूर्ति बनाउनुभएको हो । मूर्ति तयारीमा रु। २० लाख खर्च भएको छ ।
बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।
सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दिपक कुमार यादव (टुटु बाबु)को निधन भएको छ । सप्तरीको महादेवा गाउँपालिका– ३, बथनाहा निवासी यादवको ६८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
नेपालको संविधानको भाग–५ धारा ५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह हुने छ भनी किटान गरिएको छ । संविधान अनुसार तिनै तहका सरकारले राज्यशक्तिको प्रयोग गर्दा संविधान तथा कानुनबमोजिम नेपालको स्वतन्त्रता, अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वाङ्गीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्था, लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानुनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुल
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।
विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।