मानव सभ्यताको सुरुवातदेखि नै मानिसमा चित्रमा रुचि रहेको पाइन्छ । ढुङ्गेयुगदेखि नै मानिस गुफाका भित्तामा, ठुल्ठुला ढुङ्गामा चित्र कोर्ने गरेका तथ्य इतिहासले नै प्रमाणित गरिसकेका छन् । चित्र मानव सञ्चारको एउटा सशक्त माध्यम हो भन्नेमा सायदै कसैको दुईमत रहला ।
भिमाद नगरपालिका–६, मालेबगरमा किसानलाई लक्षित गरी आधुनिक साइलेज उद्योग स्थापना गरिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ ।
घनाबस्ती बस्तीमुनिको विशाल इको पहिरोका कारण भोटेकोशी गाउँपालिका–२ का सय बढी घरबस्ती उच्च जोखिममा परेको छ । वर्षाले इको पहिरो बगिरहेको र तल भोटेकोशी नदीको वाहवले पहिरो तानिरहेपछि इको पहिरोमाथिका बस्ती उच्च जोखिममा परेका छन् ।
डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनुभएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाइते भएका छन् ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गर्नुभएको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई बुधबार सशस्त्र प्रहरी हेडक्वाटर झिकाइएको छ ।
गुल्मीमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार साँझदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सीमावर्ती भारतसँग जोडिएको महोत्तरी पछिल्लो वर्षहरुमा लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । महोत्तरीमा भारतीय सीमाक्षेत्रबाट लागुऔषध भित्रिने गरेको छ । महोत्तरीको लागुऔषधको ‘ट्राजिट प्वाईन्ट’कै रुपमा विकसित भइरहेको हुँदा सर्वस्त्र चिन्ता र चासो बढिरहेको छ ।
डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका–५ को चौडमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इ
सङ्घीय सरकारले देशभर २३ नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने कार्य अघि बढाएको छ । यस अन्तर्गत तनहुँको भिमाद नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय (इआप्राका) स्थापना हुने भएको हो ।
सन् १९४९ मे १५ मा दार्जिलिङमा जन्मेका नरदेन रुम्बा अत्यन्त छोटो बचाइमा सिर्जनामा अमरत्व छाड्ने स्रष्टा हुन् ।
शिक्षामा निजी विद्यालयको योगदानलाई राज्यले भुल्न नहुनेमा बागलुङका सरोकारवालाहरूले बताएका छन् ।