काठमाडौँ, पुस ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसafट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन, २०८२ विमोचन गुर्नभएको छ ।
शहरी विकास मन्त्रालय र ह्याविटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधl, इन्जिनियरिङ्ग समुदायका विज्ञसमेतको उपस्थिति थियो ।
मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामग्रीको रुपमा रहेको बाँसलाई निर्माण सामग्रीको रुपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताउनुभयो ।
उहाँले निर्माण सामग्रीको रुपमा बाँसलाई प्रयोग गर्न सकेमा रोजगारी सिर्जना भएर ग्रामीण अर्थतन्त्रसमेत मजबुद हुनसक्ने तथा आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न समेत मद्दत गर्न सक्ने बताउनुभयो ।
आकाशबाट हेर्दा नेपालका बस्तीहरुको छानो जस्ताले ढाकेको देखिएकोमा उहाँले बाँसकै प्रयोगबाट जस्ताको विकल्प समेत खोज्न सुझाउनुभयो । बाँसको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दे यसलाई हरित निर्माण सामाग्रीको प्रयोगले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कुरा बताउनुभयो । उहाँले हाइड्रोपावरका कन्सट्रक्सन क्याम्पहरु निर्माणमा समेत बाँसको प्रयोग गरिनुपर्ने बताउनुभयो ।
ह्याबिटाट फर ह्युमानिटी नेपाल प्रमुख एलिजा स्थापितले मार्गदर्शन जारी भएकोमा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्यप्रति शहरी विकास मन्त्रालयलाई बधाई एवम् धन्यवाद दिनुहुँदै उहाँले भविष्यमा बाँसको प्रवर्धनात्मक कार्यहरुमा संस्थावाट सदैव सहयोग रहने कुरा व्यक्त गर्नुभयो ।
मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ्, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्वारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढङ्गको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ ।