युरोपेली राष्ट्रले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु गर्ने प्रक्रिया सुरु गर्ने आशङ्काबिच बिहीबार तेहरानमा रियाल मुद्रा रेकर्ड न्यून स्तरमा झरेको छ । यसले पहिल्यै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भए मात्र देशको विकास हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको राजनीतिक जीवन सफल भएको बताउनुभएको छ ।
नेकपा (एमाले) निकट पत्रकार सङ्गठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार सुझाव पार्टी महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरेको छ।
गोठालो गएको अवस्थामा नुहाउने क्रममा बुधबार एक किशोरी कर्णाली नदीमा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–१, रहफको कोटवाडा निवासी १६ वर्षीया कल्पना शाही रहेकी छन् ।
कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ। तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरि यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन्।
सल्यानको शारदा नगरपालिका–१२, रेशमज्युलानजिक जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते सबैको विवरण खुलेको प्रहरीले जनाएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिबृज पुल निर्माणले यात्रा गर्न सहज भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार ७८१ मा सीमित भएको छ ।
अविनाश चौधरीधनगढी, भदौ १२ गते । कैलाली खुटिया नदीमा डुबेर आज बेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । सुरक्षाकर्मीको उद्धार टोलीले उनीहरूको शव निकालेको छ । डुबेर मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । नदीमा पौडी खेल्न सात जना गएका मध्येबाट चार जना डुबेका थिए । तीन जना सकुशल छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
राप्ती फुटबल क्लबले एन्फा महिला लिग छनोट फुटबलमा एफसी रियलेमाथि सहज जित निकालेको छ । च्यासल फुटबल मैदानमा बिहीबार भएको खेलमा राप्तीले रियलेलाई ४–० गोलले हरायो ।
अनुसन्धान कर्ताको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी अक्सिजन-कम अवस्थाबाट अक्सिजन-धनी अवस्थातर्फ परिवर्तन भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ ।
कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्।
गुवाहटीमा बिहीबार भएको खेलमा नेपाल आसामसँग डक वर्थ लुइस (डिएसएल) प्रणालीका आधारमा १५ रनले पराजित भयो । यससँगै आसामसँग पाँच खेलको सिरिजमा नेपाल १–० ले पछि परेको छ ।