राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो।
दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी फरार रहेका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका कैदी रहेको खुलेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध राखेको आरोप लगाउनुभएको छ ।
ताप्लेजुङको हिमाली बस्ती पापुङको तोक्पेगोला र लेलेपको घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न थालेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले चिसो छल्न अर्थात चिसोबाट जोगिनलाई गाउँ छाड्न सुरु गरेका हुन् ।
कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् ।
सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताउनुभएको छ ।
अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्तासँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ ।
मदन भण्डारी मेमोरियल कलेजमा शुक्रबारदेखि विज्ञान प्रविधि सम्बन्धी विशेष कार्यक्रम सुरु भएको छ। ‘एमबीएमसी आइडिया एक्स २०२५’ कार्यक्रमको शुक्रबार उद्घाटन भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको छ ।
पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ ।
ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।