कर्णाली प्रदेश सरकार विपत् न्यूनीकरण र प्रतिकार्यमा अग्रसर देखिएको छ । विपत्को जोखिममा रहेको कर्णाली प्रदेशमा हुन सक्ने क्षतिलाई कम गर्नका लागि विपत् न्यूनीकरणका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले पहिलो पटक विपत् न्यूनीकरणका लागि घर बिमा कार्यक्रम सञ्चालन गरेको छ भने विपत् बिमा कार्यक्रम पनि सञ्चालन गरेको छ । पत्रकार स्वास्थ्य बिमा पनि सञ्चालन भएको छ । यी कार्यक्रमबाट कर्णाली प्रदेशका झन्डै १७ लाख बासिन्दा लाभान्वित भएका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको देउराली पार्क पर्यटकीय गन्तव्य बनाउने गरेर पर्यटकीय संरचना निर्माणको काम अगाडि बढाइएको छ ।
एक वर्षको अवधिमा हुम्लामा नौ वटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । छ वटा गाउँपालिकामा पर्ने खोला तथा कर्णाली नदीमाथि ती झोलुङ्गे पुल निर्माण भई सञ्चालनमा आएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा नौ वटा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर झुलबहादुर शाहीले बताउनुभयो । निर्माण भएर सञ्चालनमा आएका झोलुङ्गे पुलमा चार वटा स्नोल्यान्ड एकीकृत विकास केन्द्र र हिमालयन कन्जरभेसनको समन्वययमा निर्माण गरिएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
भूमि समस्या समाधान आयोग दार्चुलाले यहाँका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।
यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
सर्लाही प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७, सिसौटका २५ वर्षीय किसन महरा र बागमती नगरपालिका–४, जिरायतका १८ वर्षीय श्याम महरा रहेका छन् ।
मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।
आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
“हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भन्नुभयो, “आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि” (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्) ।
गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।