सुदूरपश्चिममा शुक्रबार नानी गौरा पर्व उल्लासपूर्वक मनाइँदै छ । गौरापर्वको दोस्रो दिन मानिने आज नानी गौरामा व्रतालु महिलाहरु बिहानै नजिकैका नदी, तलाउ र धारामा गएर बिरुडा लाई धुने गर्दछन् ।
काठमाडौँमा उखु किसानहरूको आन्दोलन शुक्रबार छैटाैँ दिनसम्म पनि जारी छ, तर समस्या समाधान हुन सकेको छैन । सरकारले दिँदै आएको अनुदान रकम कटौती गरेपछि असन्तुष्ट बनेका १३ जिल्लाका अगुवा किसानहरू भदौ ८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा भेला भई धर्ना र विरोध कार्यक्रम गर्दै आएका छन् ।
मरुभूमिको देशको यो सुविधापूर्ण बैठक कोठा शून्य छ । स्तब्ध छ । यो आफ्नी बुढी पनि साथमा नभएको भए भौतिक सामग्रीले परिपूर्ण यो कोठा अझ कति उराँठलाग्दो हुने थियो होला । बाहिर वातावरण स्तब्ध भए पनि म भने भित्रभित्रै
राज्यको फौजदारी कसुरमा देशको कानुन अनुसार दोषी प्रमाणित भएको मानिसलाई राज्यले जीवन समाप्त पार्नुलाई नै मृत्युदण्ड भनिन्छ ।
बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि बायो इन्जिनियरिङ प्रविधि अपनाइएको छ । हालै कालोपत्र सम्पन्न गरिएको १० किमि सडकको दीगोपनाका लागि निर्माण व्यवसायीले एक दर्जनभन्दा बढी पहिरोमा बायो इन्जिनियरिङ प्रविधि अपनाएको हो ।
वेदकालमा सन्तान अनिवार्य आवश्यकता मानिन्थ्यो । वेदका अनेकौँ ऋचामा सुसन्तानयुक्न हुन पाऊँ, सन्तानहीन घरमा रहन नपरोस् भन्ने खालका अभिव्यक्ति भेटिन्छन् ।
कर्णाली राजमार्गको विभिन्न खण्डमा कतै पहिरो र कतै सडक भासिदा पुनः अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोट जिल्लाको विभिन्न खण्डामा पहिरो आउँदा र सडक भाँसिदा अवरुद्ध भएको हो ।
स्याङ्जाको भीरकोट नगरपालिकाले सबै वडामा डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले परम्परागत फ्लेक्स प्रिन्टमा भित्तामा झुड्याइने नागरिक बडापत्रलाई विस्थापित गर्दै यहाँ डिजिटल वडा पत्र प्रयोगमा ल्याएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज वरपरका वन क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएसँगै समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिने क्रमसमेत बढ्दै गएको छ । वन्यजन्तु बस्तीमा पसेर आक्रमण गर्न थालेपछि त्यस्ता वन्यजन्तुलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाले लट्ठ्याएर नियन्त्रणमा लिने डार्ट प्रविधिबाट समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा राखेर पालनपोषण गर्ने गरिएको छ ।
बर्दियाको बाँसगढी नगरपालिकाका स्वास्थ्य बिमा गरेका बिरामीले नगरपालिकाका स्वाथ्य चौकी र नगर अस्पतालमा बिमाको कार्यक्रम लागु नहुँदा सास्ती खेप्नु परेको बताएका छन् । नगरपालिकामा दक्ष चिकित्सक र सुविधासम्पन्न नगर अस्पताल नहुँदा बाँसगढी नगरपालिकावासी प्रथम सेवा लिनका लागि बाँके जिल्ला धाउन बाध्य छन् ।
आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले रुपन्देही–३ मा आन्तरिक तयारीलाई तीव्रता दिएको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा साउन र भदौमा दुई पटक स्थलगत अवलोकन गर्दै स्थानीय नेता कार्यकर्तासँग छलफल गरी पार्टीको अवस्था, समस्या र समाधानका उपायबारे सुझाव लिनुभएको छ ।
सुदूरपश्चिमको मौलिक पर्व गौराको शुक्रबार दोस्रो दिन गंगा गौराको रुपमा न्वालको गौराको पूजाआजा गरी मनाइँदै छ ।
छोरी बचाऊ अभियान अन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रम यहाँ प्रभावकारी हुँदै गएको छ । यो कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बागलुङ नगरपालिकाले दुई वर्षको अवधिमा १६८ जना छोरीको खातामा आठ लाख ४० हजार रुपियाँ जम्मा गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री बानियाँले प्रतिष्ठान
लगातारको वर्षातले बाह्रबिसे–कोदारी लोकमार्गको कोदारीखण्ड(इको)मा पहिरो जाँदा तातोपानी भन्सार आउन लागेका एक हजार पाँच सय बढी मालबाहक कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएका छन् ।