नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) बिच औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ ।
पूर्वाधार विकास र रोजगारी सिर्जनामा निजी क्षेत्र र सरकारको साझा प्रयासको आवश्यकतामा सरोकारवालाको एकमत रहेको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार भएको बृहत् बहस गोरखापत्र डिस्कोर्समा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले यस्तो विचार राखेका हुन् ।
बर्दीबास नगरपालिका–६ स्थित किसान नगरमा सौर्य विद्युत् आयोजनाको शिलान्यास गरिएको छ । टेरा सोल इनर्जी कम्पनी लिमिटेडको करिब एक अर्ब २० करोड रुपियाँको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार शिलान्यास गर्नुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्च पारदर्शी र जवाफदेही नहुँदा आमनागरिकको विश्वास गुम्दै गएको बताउनुभएको छ ।
सरकारले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने सहजीकरण गर्ने गरी गृहकार्य सुरु गरेको जनाएको छ ।
निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सरकार गठनको एक सय दिनमा शनिबार सन्देश जारी गर्दै यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष गर्नुभएको हो ।
सर्वोच्च अदालतले कैदकट्टा गर्दा पीडितको सहमति अनिवार्य रूपमा लिनुपर्ने फौजदारी कसुर नियमावलीको व्यवस्था बदर गरिदिएको छ । पीडितको अनिवार्य सहमति लिनुपर्ने गरी संशोधित नियमावली बदर गर्दै अदालतले पीडितको धारणासम्म लिने गरी नियमावली संशोधन गर्न र संशोधन लागु हुनुपूर्वका वारदातमा कैद अवधि थप नहुने गरी प्रबन्ध गर्न आदेश गरेको हो ।
साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यसहित नेपाल पुलिस क्लब एपिएफ शनिबार मैदानमा उत्रँदैछ । नेपाली लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लबबीच शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) अन्तरविद्यालय स्तरीय समाचार प्रतियोगिताको छात्रातर्फ तेजस्वी एकेडेमी र छात्रतर्फ संस्कृत स्कुल प्रथम भएका छन् ।
धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।