जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै वाचिका राधिका दासी र नेपाल सरकारका पूर्वसचिब भिम उपध्यायले पशुपतिनाथ भण्डारखालमा रुद्राक्ष र पिपलको बोट रोप्नुभएको छ ।
भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जित्नुभएको छ ।
कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो ।
पशुपतिनाथ परिसरमा रहेको बागमती नदीमा बिहीबारको बर्षाका कारण आएको बाढी। बाढीको बहाब बढेपछि नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने भ्रमणको तयारी पूरा भएको छ।
सप्तरीको राजगढ गाउँपालिकामा एक वृद्ध पुरुष मृत फेला परेको छ । गाउँपालिकाको –५ स्थित मलेकपुरमा ६० बर्षीय स्थानीय मुनेश्वर सदा बिहीबार साँझ मृत अवस्थामा फेला परेको हो ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायतासम्बन्धी निकायले जानकारी गराए अनुसार, सुडानको उत्तर दारफुर राज्यस्थित एल फासर सहरमा बालबालिका अत्यन्त कठिन र पीडादायक अवस्थाबाट गुज्रिरहेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबिच विहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभामा पाँच हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने क्षमता रहेको उल्लेख गर्दै विकासका मुद्दामा दलीय सहमति आवश्यक भएको बताउनुभएको छ।
दक्षिण कोरियाको केन्द्रीय बैंकले नयाँ सरकारद्वारा ल्याइएको अतिरिक्त बजेट योजनापछि आगामी वर्षको आर्थिक वृद्धिको अनुमान ०.१ प्रतिशतले बढाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले आयोजनाहरू बिना तयारी कार्यान्वयनमा जाँदा बढी सङ्घर्ष गर्नुपरेको बताउनु भएको छ ।
फ्रान्सको प्रमुख अति-दक्षिणपन्थी पार्टीले बिहीबार प्रधानमन्त्री फ्रान्कोइस बायरूसँग बजेटबारे सम्झौता गर्न ‘धेरै ढिलो’ भइसकेको भन्दै अस्वीकार गरेको छ ।
कीट संरक्षण अभियन्ता एवम् सामुदायिक जीन बैङ्क गाभर भ्यालीका अध्यक्षसमेत रहनुभएका बाँके कोहलपुर नगरपालिकाका स्थानीय पुरमल बस्नेत अहिले जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानको संरक्षणमा लाग्नुभएको छ ।
युरोपेली राष्ट्रले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु गर्ने प्रक्रिया सुरु गर्ने आशङ्काबिच बिहीबार तेहरानमा रियाल मुद्रा रेकर्ड न्यून स्तरमा झरेको छ । यसले पहिल्यै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भए मात्र देशको विकास हुने बताउनुभएको छ ।