नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा चर्चित उपन्यास नीलो प्रेममाथि किताब संवाद गरिएको छ ।
नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने बताउनुभएको छ ।
बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गर्नुभएको छ ।
बर्दिबास नगरपालिका वडा ६ स्थित किसाननगरमा सौर्य विद्युत आयोजना निर्माणको शिलान्यास गरिएको छ ।
माथिल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-२ स्थित घमी गाउँ र पृष्ठभूमिमा आसपासका हिमश्रृङ्खला ।
हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२ विमोचन गुर्नभएको छ ।
सर्लाहीको लालबन्दीमा गरगहना चोरी गर्ने र चोरी गरेर बिक्री गर्न ल्याइएको गहना खरिद गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा रौतहटबाट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता सहित चार जना उम्मेदवार विजयी हुनुभएको छ ।
इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ ।
गुरुङ गीत संगीतका युग नायक धनबहादुर गुरुङको सांगीतिक साँझ पोखरामा हुने भएको छ ।
बर्दियाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्नुभएका पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने एक जना लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएको छ ।