• ४ पुस २०८२, शुक्रबार

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउः प्रहरी

blog

सिड्नी, पुस ४ गते । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।

तीमध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको सूचना पाएपछि सशस्त्र सामरिक अपरेसन अफिसरले सात जनाको समूहलाई पक्राउ गरेको थियो । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोसँग शुक्रबार कुरा गर्दै न्यू साउथ वेल्स (एनएसडब्ल्यू)का प्रहरी उपायुक्त डेभिड हडसनले ती व्यक्तिको चरमपन्थी विचारधारासँग सम्बन्ध रहेको प्रहरीले पत्ता लगाएको बताउनुभएको छ । 

इस्लामिक स्टेट (आइएस)को विचारधाराबाट प्रेरित भएको भन्दै अधिकारीले आइतबार बोन्डी समुद्री तटमा यहुदी पर्व हनुक्का मनाउन भेला भएका मानिसको समूहमा गोली हानेपछि एक जना कथित बन्दुकधारीसहित १६ जनाको मृत्यु भएको थियो । हडसनले छिमेकी राज्य भिक्टोरियाबाट सिड्नी गएका सात जनाको समूहले बोन्डी तटमा जाने योजना बनाएको सूचना प्रहरीले पाएको बताउनुभएको छ । रणनीतिक अधिकारीले कुनै पनि सम्भावित हतियार प्राप्त गर्नुअघि नै ती मानिसलाई पक्राउ गरेको उहाँले बताउनुभएको छ । रासस/सिन्ह्वा