इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ ।
गुरुङ गीत संगीतका युग नायक धनबहादुर गुरुङको सांगीतिक साँझ पोखरामा हुने भएको छ ।
बर्दियाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्नुभएका पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने एक जना लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरी वृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ ।
युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् । यद्यपि, कोष जुटाउन फ्रिज गरिएको रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन ।
जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ र ६ को बजार क्षेत्रको पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या चुलिएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगन्ज बिमानस्थल बन्द रहेकोले हवाई उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
गोरखाको अजिरकोट गाउँपालिका–१ स्थित क्हेचो गाउँमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम सुरु भएसँँगै ग्रामिण पर्यटन विकासको नयाँ ढोका खुलेको छ ।
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उहाँ रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँको शव मङ्सिर २० गते पनाहखोलामा भेटिनुभएको थियो ।
धनकुटामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको आँपको ब्लक विकास कार्यक्रमका अन्यौलमा परेको छ ।