• ४ पुस २०८२, शुक्रबार

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

blog

मृतक रेसुङ्गा नगरपालिका–१ का मनोज पोख्रेल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस ४ गते ।
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उहाँ रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँको शव मङ्सिर २० गते पनाहखोलामा भेटिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार बुबा कृष्णप्रसाद पोख्रेलले छोरा रहेको सनाखत गर्नुभएको छ । मनोज मङ्सिर १८ गतेबाट घरबाट हराएका थिए । शरीरमा चोटहरु भएकाले आफैँ मरे वा कसैले हत्या गरेर फाल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको र शवको पहिचान भएकाले थप काम हुने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार गुल्मीमा अनुसार २०८१ मङ्सिरदेखि आजसम्म एक वर्षको अवधिमा ६७ जनाको घर बाहिर विभिन्न अवस्थामा शव भेटिएको छ । जसमा महिला २० र ४७ जना पुरुष छन् । महिलाको तुलनामा पुरुष दोब्बरले मृत भेटिने गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मानसिक सन्तुलन गुमाएका, उमेर पुगेर एक्लो बनेका वृद्ध–वृद्धा, अपाङ्ग, अत्यधिक मादक पदार्थ सेवन गर्ने व्यक्तिहरु घर बाहिर शव भेटिने गरेको छ ।

अधिकारीकाले व्यक्ति, परिवार र समुदायका कारण यो अवस्था देखिएको बताउनुभयो ।