नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ ।
मदन भण्डारी मेमोरियल कलेजमा शुक्रबारदेखि विज्ञान प्रविधि सम्बन्धी विशेष कार्यक्रम सुरु भएको छ। ‘एमबीएमसी आइडिया एक्स २०२५’ कार्यक्रमको शुक्रबार उद्घाटन भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको छ ।
पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ ।
ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।
ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक पुस २६, २७ र २८ गते बस्ने भएको छ। शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
जेनजी घाइतेको उपचार गराएका अस्पतालाई उपचार खर्चको सोधभर्नाका लागि विवरण बुझाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
सन् २०४५ सम्म शूल्य कार्बन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ ।
पाकिस्तानले इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस-के)का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोला बगरबाट शुक्रबार बिहान देखिएको सेताम्मे तिलिचो हिमाल र आसपासका विशाल पर्वतीय शृङ्खला ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा प्रथम मानाभरा आमन्त्रित क्लबस्तरीय कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। आउँदो पुस १५ देखि १९ गतेसम्म खेजेनिममा प्रतियोगिता सञ्चालन हुने भएको हो।
अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ ।
अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ ।