उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३,थिंकर गाउँमा करिब १ सय रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरिएको छ । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको बस्तीका १५ जना कृषकले सामूहिक आलु खेती गरेका छन् ।
भारतसँगको प्रमुख नाकामध्ये एक रहेको बाँके जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार तीव्र रूपमा बढेपछि प्रहरी प्रशासनले विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध ब्युरोको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनले क्रमशः सफलता पाउँदै गएको प्रहरीले जनाएको छ ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारभित्र सवारीसाधनको अव्यवस्थित पार्किङका कारण दैनिक जीवन अस्तव्यस्त बन्न पुगेको छ । सडक छेउछाउ जथाभाबी पार्किङका कारण पैदलयात्री, विद्यार्थी तथा यात्रुलाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
ठुला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिए पनि ससाना पूर्वाधार निर्माणको काम मूल्याङ्कन नगर्दा वातावरणमा असर परेको सरोकारवालाले जनाएका छन् । पूर्वाधार निर्माणको प्रत्यक्ष प्रभाव वातावरणमा पर्छ । अझ अव्यवस्थित रूपमा भइरहेको विकासले वातावरणीय सन्तुलन नै बिगारिरहेको छ । यसको प्रभावले प्राकृतिक विपत्को जोखिम पनि बढ्दै गएको छ ।
सिन्धुली जिल्लामा ठुला राष्ट्रिय राजमार्गको जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण कार्य बढ्दै गएको छ । जिल्लाका विभिन्न भाग हुँदै बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भई सञ्चालनमा रहेको छ ।
कर्णाली प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा फोहोर व्यवस्थापन निकै कमजोर रहेको पाइएको छ । धेरै जसो फोहोर जलाउने गरिएको छ । वातावरणीय दृष्टिले जलाउनु उपयुक्त नभए पनि उपकरणलगायत स्रोतसाधनको अभावमा जलाउने र गाडेर व्यवस्थापन गर्ने गरिएको छ ।
जुम्ला–कालिकोट सडक खण्डअन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित भासिएको सडक मर्मत भएसँगै अवरुद्ध राजमार्ग सञ्चालन भएको छ । कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको हो ।
बाजुराको बिच्छ्या र कवाडीवासी यतिबेला घरबासको परर्खाइमा रहेका छन् । गत साउन २८ गते राति अविरल बर्सातसँगै आएको बाढीले उनीहरूको घरबास सबै बगाएपछि यति बेला उनीहरू घरबासको पर्खाइमा रहेका हुन् । हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा परेका छन् भने यहाँको वडा नं.–५ कवाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन् । अहिले यहाँका स्थानीय त्रिपालको सहारामा रात काटिरहेका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने फुङ्लिङ–लिबाङ–थलङ सडक नौ दिनदेखि खुलेको छ । मिक्वाखोला गाउँपालिका–३ लिबाङको ताखोक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको हो ।
पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीका तल्लो स्तरका नेता, कार्यकर्तामा निराशा छाएको छ ।
सुदूरपश्चिम प्रदेशको विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । यस वर्षको मनसुन सिजन उत्तरार्धतर्फ लागे पनि प्रदेश सरकारले अझैसम्म विपत् प्रतिकार्य योजना बनाउन नसकेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
नेपाल कृषिप्रधान देश हो । अहिले पनि ६२ प्रतिशत नेपाली कृषि पेसामा संलग्न छन् । कृषि पेसाप्रतिको आकर्षण घट्न नदिन र खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकारले कृषिमा अनुदान दिएको छ । कृषिसम्बन्धी विविध कार्यक्रम सञ्चालित छन् । तैपनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिएको छैन । हिमाली र पहाडी जिल्लामा उत्पादन कम र लागत बढी भएकै कारण कृषि पेसा छाडेर सहर पस्ने वा विदेश जाने प्रवृत्ति बढेको छ । श्रम गर्ने युवाशक्ति गाउँमा कम हुँदा खेतीयोग्य जमिन बाँझिँदै गएको छ । साधारण
नेपाल विश्वका कम भूमि भएका देशमध्ये एक हो । खेतीयोग्य भूमि कम छ । जहाँ वर्षायाममा पहाडबाट बगेर आएको बलौटे माटो तराईको मलिला खेतीयोग्य जग्गामा जम्मा भई खाद्यान्न तथा अन्य बालीको उत्पादनमा नकारात्मक प्रभाव परेको छ । रासायनिक मलको अधिकतम प्रयोग, पिएच भ्यालु र पोटासमा देखिएको कमीले धेरै ठाउँको माटोको उर्वराशक्ति घट्दै गएको तथ्य यहाँको कृषि विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जसबाट यहाँका कृषि उपजको परिमाण भविष्यमा न्यून हुने सम्भावना छ ।
आर्थिक वर्ष २०८१/०८२ मा सप्तरीमा विभिन्न पोखरी, इनार, नदी–नाला र खेतमा बनेका खाल्टोमा डुबेर २३ जना बालबालिकाको मृत्यु भएको छ ।