कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली यसै महिनाको अन्त्यतिर दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण नियन्त्रणामा हुन लागेको यस भ्रमणले दुई देशबिचको परम्परागत बहुआयामिक सम्बन्धमा प्रगाढता ल्याउने निश्चित छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा पूर्वाधार निर्माण विकास परियोजना, कृषि, व्यापार, सिमा तथा जलस्रोतका बारेमा पनि छलफल हुने सम्भावना छ । प्रधानमन्त्री ओलीको यस भ्रमणले परस्पर विश्वासलाई बढाउने छ । साथै यसबाट द्विपक्षीय सम्बन्धका नयाँ आयाम पनि थपिने निश्चित छ ।
नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो ।
यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ ।
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ ।
रौतहटको गरुडा महम्मदपुर गौर नहरमा पानी नआएको भन्दै किसानहरु आन्दोलित भएका छन् ।
सप्तरीको करदाता सेवा कार्यालय राजविराजले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ, जुन कि अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकास गर्न ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ ।
रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक ‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’ सार्वजनिक भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तकलाई सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले सार्वजनिक गरेको हो ।
गीतकार नारायण खतिवडाको गीतिसङ्ग्रह पुस्तक ‘बहार’ को लोकार्पण गरिएको छ । पुस्तकमा ९४ वटा गीत समावेश छन् । गीतिपुस्तकमा समाजका परिवेश तथा परिस्थितिलाई आन्तरिकीकरण गरी कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । सामाजिक विषयबस्तु, राष्ट्र राष्ट्रियता, देशप्रेम, संयोगान्त र वियोगान्त, चेतनामूलक गीत रहेका छन् ।
नेपालले संयुक्त राज्य अमेरिकामा निर्यात हुने थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्पसनसँग बुधबार भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
उद्देश्य अनुसार स्याङ्जाका घरबास (होमस्टे) को प्रतिफल नआएपछि गण्डकी प्रदेश सरकार अनुदान रोकेर स्तरीकरणको गृहकार्यमा लागेको छ । स्थानीयलाई स्वरोजगार, आयआर्जनमा जोड्ने लक्ष्यसहित स्थापना भएका यहाँका घरबास (होमस्टे) धमाधम बन्द हुँदै जाँदा गण्डकी प्रदेश सरकार यो निर्णयमा पुगेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गएका नेपाली श्रमिकले कोरियाको विकासमा धेरै सहयोग भएकाले कोरिया सरकारबाट त्यसको कदर हुनुपर्ने बताउनुभएको छ ।
मुगुको उत्तरी भेगको मुगुमकार्मारोङ गाउँपालिका–१ मा पर्ने डोल्फुगाउँका स्थानीय जिम्बु (भोटेजिरा) को सङ्कलनमा व्यस्त छन् । डोल्फुगाउँको वनक्षेत्रभित्र पाटनमा पाइने यो सुगन्धित जिम्बु उत्पादन हुने गर्छ । भदौदेखि यहाँको पाटन क्षेत्रमा जिम्बु सङ्कलन गर्न जानेको सङ्ख्या बढ्छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले कोरियामा आयोजना हुन लागेको विश्वव्यापी पूर्वाधार सम्मेलनमा नेपालका ऊर्जा परियोजनाको प्रस्ताव पेस गर्न आग्रह गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र योङबिच बुधबार भएको भेटवार्तामा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।