मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।
आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
“हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भन्नुभयो, “आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि” (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्) ।
गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।
हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् ।
कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन ।
बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले लिम्पियाधुरा, लिपुलेक लगायत काली नदी पूर्वको भूभाग नेपालको रहेको विभिन्न ऐतिहासिक सन्धि सम्झौताले पुष्टि गरेको बताउनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
सङ्घीयता कार्यान्वयनपछि मधेश प्रदेशमा सिँचाइको पहुँच विस्तार गर्न प्रदेश सरकार र स्थानीयतहहरुले प्रयास थाले ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पवित्रस्थल हो । २५ सय वर्षअघि सिद्धार्थ गौतमको जन्म भएको यस पवित्र भूमि विश्वभरका बौद्धमार्गीका निम्ति आकर्षणको केन्द्र हो साथै शान्ति चाहने विश्वभरका सबै मानिसका निम्ति यो भूमिको उच्च महत्व र आकर्षण छ ।
प्रतिनिधि सभा राज्य व्यवस्था समितिले निजामती विधेयक पारित ग¥यो । उक्त विधेयकको प्रतिवेदन समितिले पारित गरेको भन्दा फरक भएको भन्दै उक्त विषयले व्यापक चर्चा पायो । सो विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन भई प्रतिवेदन बुझाइसकेको छ । यो विषयले संसदीय अभ्यास