म्याग्दीको बेनी नगरपालिकास्थित पर्वत राज्यको पुरानो राजधानी ढोलठाना दरबार क्षेत्र प्राकृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । बेनीको शिरमा रहेको ठोलठानामा विक्रम संवत १६३१ देखि १८४३ सम्म पर्वत राज्यको राजधानी रहेको इतिहास छ । बाइसेचौबिसे राज्यका पालामा पर्वत राज्यलाई शक्तिशाली राज्यका रूपमा लिने गरिन्थ्यो ।
चेपाङ समुदायका लागि सञ्चालनमा ल्याइएको चेपाङ विकास कार्यक्रम (तत्कालीन प्रजा विकास कार्यक्रम) रद्द गरिएकोमा चेपाङ समुदायले सरकारसँग जवाफ माग गरेका छन् । चेपाङ समुदायको बाहुल्य रहेको निर्वाचन क्षेत्रबाट
एक दशकअगाडिसम्म बागलुङका गाउँघरमा कुटानी पिसानीका लागि परम्परागत उपकरण ढिकी, जाँतो प्रयोग गरिन्थ्यो । धान, मकै कुट्न ढिकी र चामल, कोदो, गहुँलगायतका अन्न पिस्न जाँतो प्रयोग गरिन्थ्यो । घरमा ढिकी र जाँतो अनिवार्य अङ्ग जस्तै थिए तर अचेल गाउँघरमा ढिकी लोप भइसकेको छ भने जाँतो पनि धेरै घरको कुनामा थन्किएको देखिन्छ । केही ठाउँमा त ढिकी, जाँतो सङ्ग्रहालयमै सीमित भएका छन् । ढिकी र जाँतो केवल पिस्ने कुट्ने साधन मात्र थिएनन्, नेपाली समाजको आत्मनिर्भर जीवनशैली झल्काउने औजार थिए ।
बर्दिया जिल्लामा स्वास्थ्य बिमा गर्ने घरपरिवारमध्ये आधाभन्दा बढीले बिमा नवीकरण नगरेको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य बिमा बोर्ड बर्दियाका अनुसार निःशुल्क बिमाबाहेक पैसा तिरेर बिमा गर्ने १६ हजार ७०३ घरपरिवारमध्ये केवल आठ हजार ६९९ घरपरिवारले मात्र नवीकरण गरेका छन् ।
बर्दिबासमा सारीलाई बालविवाहविरुद्ध सन्देशले भरिएको शक्तिशाली क्यानभासमा परिणत गर्दै जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको जिता नदीमा बाँध बाँधेर खेतमा पानी पुर्याइएको छ । गाउँपालिका–५, कुशहास्थित जीताखोलामा २५ मिटर लामो बाँध निर्माण गरी वडा नम्बर ४ र ५ का गरी पाँच सय बिघाभन्दा बढी खेतमा पानी पु-याएको हो ।
सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिएको दुई दशक बितिसक्दा पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा बर्दिया जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका प्रहरीले सास्ती भोग्दै आएका छन् ।
बुटवललाई सुरक्षित र आकर्षक सहर बनाउने उद्देश्यसहित सुरु गरिएको उज्यालो बुटवल अभियान अन्तर्गत सडक बत्ती जडानको काम धमाधम भइरहेको छ । २०८० माघ १२ गते सुरु भएको यो अभियान २०८१ जेठ ३१ गतेसम्म सक्ने योजना भए पनि कामको आवश्यकता अनुसार म्याद थप गरी निरन्तरता दिइएको हो ।
बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ ।
सिराहाको गोलबजारदेखि उदयपुरको कटारी–६, रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ ।
कार्यदल बनेको नौ महिनापछि नेपालगन्ज यातायात कार्यालय सार्ने कार्यको तयारी सुरु हुँदैछ । भाडामा रहेको यातायात व्यवस्था कार्यालय नेपालगन्जलाई व्यवस्थापन गर्नका लागि नौ महिनापछि प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई भेट्ने तयारी गरिएको हो ।
हुम्लामा सङ्कलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखले कन्टेनर नियन्त्रणमा लिएर कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।