सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज साँझ ६ः०० बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ । १२ जनामध्ये सबैभन्दा लोकप्रिय मत भगवती चौधरी (२०४४) मत प्राप्त गर्नुभएको छ ।
सरकारले ‘प्रतिनिधि सभा निवार्चन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवालीले जबसम्म तीन तहको सरकारबिच योजना प्रणालीमा समन्वयन हुँदैन तबसम्म सकारातमक परिणाम नआउने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्र सधैं नै पहिलो रहनुपर्ने बताउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित प्रगतिचोक सडक खण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।