गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ । १२ जनामध्ये सबैभन्दा लोकप्रिय मत भगवती चौधरी (२०४४) मत प्राप्त गर्नुभएको छ ।
यसैगरी दोस्रो लोकप्रिय मत कृपाराम रानाथारु (१९१९) मत प्राप्त गरी विजयी हुनुभएको छ । तेस्रो लोकप्रिय मत पाएर गौरीशंकर चौधरी (१९१६) विजयी हुनुभएको छ । त्यस्तै, चौथो धेरै लोकप्रिय मत पाएर शिवकुमारी चौधरी (१९०९) मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
अन्य निर्वाचित थारु नेताहरुमा कृष्णी थारु (१७९६ मत), मञ्जुकुमारी चौधरी (१७४० मत) ल्याएर निर्वाचित हुनुभएको छ । सोहीअनुसार नरुलाल चौधरी (१६७६), शान्ता चौधरी (१६७५), जनक चौधरी (१६००), वलवीर चौधरी (१५६४), ताराकान्त चौधरी (१४८६) र राजकुमार लेखी (१३६८) मत ल्याएर निर्वाचित हुनुभएको छ ।
महाधिवेशनमा २० जना थारु नेताहरु प्रतिस्पर्धामा रहनुभएको थियो । सोमध्ये ८ जना पराजित हुनुभएको छ । थारु नेताहरु दुई खेमा र स्वतन्त्रमा उम्मेदवारी दिनुभएको थियो । पदाधिकारीमा एकमात्र उम्मेदवारी दिनुभएका वैजनाथ चौधरी पराजित हुनुभएको छ ।