• ३ पुस २०८२, बिहिबार

ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

blog

सुधा देव

भारदह(सप्तरी), पुस ३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय विनोद मेहताको छोरा वर्षीया ४ का सचिन मेहता रहेका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७  नम्बरको ट्याङ्करको ठक्करबाट गम्भीर घाइते बालकको उपचारको क्रममा अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते बालकको युनिक अस्पताल रायपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लाने क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक बालक शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ । ठक्कर दिने ट्यांकरलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।