शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस ३ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नु भएको कार्यक्रममा अहिले ‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’ शीर्षकमा बहस भएको हो ।
बहसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, ललितपुर महानगर नगरपालिका प्रमुख चिरीबाबु महर्जन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्मा, एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा र इप्पानका कार्यकारिणी सदस्य सुमन जोशी सहभागी सहभागी हुनुहुन्थ्यो । यो बहसको सहजकर्ता गोपालचन्द्र सुवेदीले गर्नुभयो ।








