सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित हुनुहुन्छ ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा एक जना विज्ञान विषयका शिक्षक मृत अवस्थामा फेला परेका छन् । चिशंखुगढी गाउँपालिका–७ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका –५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदैआएको अन्दाजी ५६ वर्षीय राजेश्वरप्रसाद साह मृत फेला पर्नुभएको हो ।
भक्तपुरमा आजदेखि तीन दिने ‘घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२’ सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेला आगामी शनिबारसम्म सञ्चालन हुने छ ।
रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयविरूद्ध उद्योग वाणिज्य संघ रौतहट आपत्ति जनाउँदै बिहिबार विरोध प्रदर्शन गरेका छन् ।
इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ ।
नेपालको पहिलो अंग्रेजी दैनिक दि राइजिङ नेपाल दैनिकको ६० औँ वर्षगाँठको अवसरमा तीन जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ ।
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । पछिल्लो केही वर्षयता कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढ्दै गएका हुन् ।
इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उहाँ आबद्ध क्लबले जानकारी दिएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो।
सुडानको आन्तरिकरूपमा विस्थापित व्यक्ति(आइडिपी)को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ)ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको डेभलप्मेन्ट डिकेट अर्थात् ‘विकास दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
अफगानिस्तानका जनस्वास्थ्यमन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबिच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्रतापराव जाधवसँग छलफल गरेको जनाइएको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा उपाध्यक्ष पदलाई तिलाञ्जली दिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएका नेता प्रदीपकुमार ज्ञवाली खुला सदस्यतर्फ सर्वाधिक बढी मत ल्याएर निर्वाचित हुनुभएको छ ।
विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा)ले लगातार तेस्रो वर्ष भारतलाई विश्वव्यापी खेलकुद डोपिङ ठगीको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने देशका रूपमा घोषणा गरेको छ ।