शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते । शुभदीप म्युजिकको ब्यानरमा बनेको दीप बन्जाराको नयाँ प्रस्तुति ‘रित्तो गाउँ’ सार्वजनिक भएको छ । गाउँका युवा वैदेशिक रोजगारीका कारण परदेसिन बाध्य भइरहेका कारण बिथोलिँदै गएको सामाजिक संरचना, अभिभावकको एक्लोपन र गाउँबस्तीको वास्तविक अवस्थालाई मार्मिक ढङ्गले म्युजिक भिडियोले प्रस्तुत गरेको छ । गायक अजित खड्का र प्रविशा श्रेष्ठको स्वरमा तयार भएको गीतलाई निर्देशक केशवराज भट्टले निर्देशन गर्नुभएको छ । भिडियोमा मोडल मुकुन्द भट्ट र दीपिका थापाको अभिनय देख्न सकिन्छ । डेकेन्द्र श्रेष्ठको शब्द तथा सङ्गीतमा बनेको यो गीत शुभदीप म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।