• ३ पुस २०८२, बिहिबार

सोह्र निर्वाचन क्षेत्रबाट एक सय जनाको नाम सिफारिस

blog

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), पुस ३ गते । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले १६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिलाई सिफारिस गरेको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेशका नौ वटै जिल्लाका १६ वटा निर्वाचन क्षेत्रबाट एक सय जना उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिनुभयो । कांग्रेसका जिल्ला कार्यसमितिले क्षेत्रीय समितिमा सिफारिस गरेका प्रत्यक्षतर्फ, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारका आकाङ्क्षीको केन्द्रीय समितिमा सिफारिस गरिसकेको उहाँले बताउनुभयो ।

कांग्रेसको क्षेत्रीय कार्यसमिति कैलालीका अनुसार दार्चुला जिल्लाबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको नाम एकल सिफारिस गरिएको छ भने समानुपातिकतर्फ करवीरसिंह कार्की र आनन्दी पन्त भट्टको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यतर्फ महादेव बडू, चन्द्रसिंह सामन्त, गणेशराज भट्ट, द्रोपती डाँगा, शान्ति कार्की, देवमा लोथ्याल र बिसन्ता सिनालको नाम सिफारिस गरिएको छ । बैतडीबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विष्णुदत्त जोशी र जानकी भट्टसहित तीन जनाको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ कान्ता चन्द, इन्जिनियर दीपेन्द्रबहादुर बम, राष्ट्रिय सभा सदस्यतर्फ लोकराज अवस्थी, प्रताप ठगुन्ना र सुरेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ ।

बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ डा. सुरेश मल्ल, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, प्रकाश स्नेही रसाइली, अभिषेकबहादुर सिंह, दीपेन्द्रराज जोशी, डा. खगेन्द्रराज जोशी,  केशवराज जोशी र नारायणप्रसाद हमालको नाम सिरफारिस गरिएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ मुकेश धामी, चन्द्रादेवी जोशी, शान्तिकुमारी बोहोरा पुजारा, शान्तिकुमारी महत, मञ्जित ताम्राकार, रमेश बिसी, सुन्दरबहादुर स्नेही, प्रेमबहादुर धामी, शमशेरकुमार बमको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभा सदस्यतर्फ अर्जुनजङ्गबहादुर सिंह, नन्दकृष्ण जोशी र चन्द्रविक्रम मल्लको नाम सिफारिस गरिएको छ ।

अछाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ भरतकुमार स्वाँर, राजन कुँवर, भक्तबहादुर ठकुल्ला, राजेन्द्रबहादुर शाह, भगवती खनाल, टीकाराम खनाल, डा. डम्बरबहादुर सुनार,  गोविन्दबहादुर शाह, दुर्गाप्रसाद तिमिल्सेनाको नाम सिफारिस गरिएको छ । 

समानुपातिकतर्फ अर्जुन ताम्राकार, टक्कर ताम्राकार, अनुराधाकुमारी स्वाँर, रूपा आउजी, नवराज साउद, भुवनेश्वरी शर्मा, लक्ष्मीकुमारी शाह, टक्करबहादुर कडायत, धर्मराज न्यौपाने, प्रतिभा ताम्राकारको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभा सदस्यतर्फ हर्कबहादुर स्वाँर, नयनसिंह कडायतको नाम सिफारिस गरिएको छ । 

यस्तै अछाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट, पदकराज अधिकारी, रामबहादुर विष्ट, अक्कलवहादुर विष्ट, रामबहादुर शाही, मानबहादुर शाही, देवराज देवकोटा, वेदप्रकाश तिमिल्सेना, जनकबहादुर धामी, सुशील भण्डारी, डा. सन्तोष उपाध्याय, बलराम विष्ट, पुष्पराज शर्मा, अम्बिका चलाउने, भूमिशरण ढकाल बजगाईंको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ ओमप्रकाश विष्ट, कमलबहादुर विक, टेकबहादुर विक, रमेशबहादुर रावत, जनकबहादुर रावल, पूर्णप्रसाद उपाध्याय, गगन सार्की, अम्बिकुमारी थापा, पूर्णा शाह, गौरी भण्डारी, अमृता बुढा, कृष्णा शाही, द्रोपती शाही, लक्ष्मी बोगटी, लक्ष्मी साउदको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभातर्फ सुरतबहादुर विष्ट, टोपबहादुर रावल र बिपी रेग्मीको नाम सिफारिस गरिएको प्रवक्ता रावतले बताउनुभयो । 

एउटा निर्वाचन क्षेत्र भएको बाजुरा जिल्लाबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजङ्ग बम, गुरुदेव केसी, योगेन्द्र रावलको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ निर्मलाकुमारी रावल कार्की, विद्या तिमिल्सेना, महा नेपाली, सुनिता गुरुङ, राधिकाकुमारी सिंहको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभातर्फ देवराज जोशी, खम्मबहादुर खातीको नाम सिफारिस गरिएको छ । डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ शेरबहादुर देउवा, समानुपातिकतर्फ नरभान कामी, तारक बुढाऐर, वसन्तीदेवी भण्डारी, मानकुमारी थापा, ईश्वर चन्द, राष्ट्रिय सभातर्फ भीमबहादुर साउद, रघुवर भट्टलाई सिफारिस गरिएको छ । 

डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ गोरखबहादुर विष्ट, जितेत्द्रवित्रव्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा, हर्कबहादुर देउवाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह शाही, प्रसिस महरा, हिम्मतसिंह चोपरा, मायादेवी कुँवर, लालबहादुर विकको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ दीपककुमार विष्ट र यज्ञराज पाठकलाई सिफारिस गरिएको छ । 

कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धीसागर चौधरी, रणबहादुर रावल, रामजनम चौधरीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ उमाकुमारी बादी, केशरीकुमारी रावल, धिजराज रेग्मी, बिर्खबहादुर रावल, वीरबहादुर हमाल, राजेशकुमार टमटा, सुशीला स्वाँरको नाम सिफारिस गएको छ । त्यस्तै राष्ट्रिय सभा सदस्यतर्फ जगन्नाथ रिमाल, नृपबहादुर खड्का, फकिरसिंह कडायतको नाम सिफारिस गरिएको पार्टीका कैलाली जिल्ला समितिले बतायो । 

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ कृष्णराज पाण्डेय, गोपाल बम, धनश्याम जोशी, डा. जितेन्द्र उपाध्याय, नमराज उपाध्याय, विजयबहादुर स्वाँर, वीरबहादुर थारू, ललिता भट्ट, हिमबहादुर रावलको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ कर्णबहादुर चौधरी, गोविन्दबहादुर विष्ट, जुगराम चौधरी, टीका चौधरी, नन्दराम बादी, नृपबहादुर स्वर्णकार, रवीन्द्रकुमार चौधरी, शिवा थापा, सुशीला जोशी, सुमन सन्ज्यालको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभा सदस्यतर्फ जनकबहादुर बम, धर्मराज न्यौपाने, नारायणप्रसाद शर्मा, बलबहादुर विष्ट, मोहनसिंह राठौर, रङ्गाकुमारी भट्टराई, हुर्मत चलाउनेको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बन ३ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ खेमराज डङ्गौरा थारू, अविनाश चौधरी, भीमबहादुर बडुवाल, झङ्करबहादुर शाहको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ रिताकुमारी चौधरी, रामकुमारी चौधरी, सम्झना खत्रीको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभा सदस्यतर्फ रामचरण चौधरी, कलावती शाहीको नाम सिफारिस गरिएको छ । 

यस्तै क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ वीरबहादुर बलायर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, प्रदीप जोशी, नैनसिंह महर, लोकराज पाण्डेय, भुवन महराको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गङ्गा कामी, रमेश ताम्राकारको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभा सदस्यतर्फ डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त, हिरादत्त भट्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ डा. आरजु राणा देउवा, नरनारायण शाह (मनु), डिल्लीराज पन्त, नृपबहादुर वडको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जीवन राना, गौरी लामा, मनिराम देवल, सुशीला मिश्र भट्ट, पुष्पा जोशी भट्ट, सुनिता राना, निपा चोखाल, जागृति बोगटी, प्रमिला लम्साल, नरबहादुर बम, टेकबहादुर रैका आउजीको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यतर्फ हरिश खड्का, रिता भण्डारी, रामचन्द्र ओझाको नाम सिफारिस गरिएको छ । 

कञ्चनपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ गोपीप्रसाद उपाध्याय, भरतबहादुर विष्ट, मिरा चन्दको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सगुना राना, खिना कुँवर भण्डारीको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभा सदस्यतर्फ हरेन्द्रसिंह विष्ट, प्रकाशराज पन्तको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ नारायणप्रकाश साउद (एनपी), हरिप्रसाद बोहोरा, दलबहादुर बोहोरा, समानुपातिकतर्फ गणेश नेपाली (दमाईं), तौला राना, धनश्याम विश्वकर्माको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभा सदस्यतर्फ पुष्करराज ओझा, देवराज पाठक, ईश्वरबहादुर खाती, गणेशप्रसाद पन्तको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ रमेश लेखक, प्रेमबहादुर विष्ट, शङ्करबहादुर चन्दको नाम सिफारिस गरिएको छ नभे समानुपातिकतर्फ कल्पना केसी, मायादेवी भट्ट, रामसोगारथ ठाकुर हजामको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभा सदस्यतर्फ खगेश्वर बोहोरा, वीरबहादुर सुनार, गोपालसिंह भण्डारी, दुर्गाप्रसाद जोशी, यज्ञराज चटौत, मोहन विष्ट, गौराजबहादुर लिम्बू, रमिता शाही देउवाको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।