• २ पुस २०८२, बुधबार

नेपाली कांग्रेस इलामद्वारा प्रत्यक्ष निर्वाचनका लागि ११ जना सिफारिस

blog

कोकिला ढकाल 

इलाम, पुस २ गते । नेपाली कांग्रेस इलामले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्लाबाट नाम टुङ्ग्याएको छ । कांग्रेसले दुई निर्वाचन क्षेत्रका लागि ११ जनाको नाम सिफारिस गरेको हो । 

इलाम क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ निस्कल राई, केशब थापा, टिकाराम सुब्बा लेप्चा, डम्बर खड्का, भुपेन्द्र कट्टेल, हरिप्रसाद लुइँटेल र नगेन्द्र बुढाथोकीको नाम सिफारिस गरेको छ । 

सिफारिस मध्ये केशव थापा पहिला तीन निर्वाचन क्षेत्र हुँदा इलाम क्षेत्रनम्बर–३ बाट प्रतिनिधिसभाका लागि निर्वाचित हुुनुुभएको थियो । यस्तै टिकाराम सुब्बा लेप्चा संविधान सभा सदस्यमा समानुपातिक तर्फबाट सदस्य बन्नुभएको थियो ।  

त्यसैगरि कांग्रेसले क्षेत्र नम्बर–१ मा समानुुपातिक तर्फ चक्र (अविशेक)  एक्तेन , भिष्म प्रधान, अनिता श्रेष्ठ र कुसुम दहालको नाम सिफारिस गरेको छ । कांग्रेसले क्षेत्रनम्बर –२ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ भेषराज आचार्य, केशब थापा, नगेन्द्र कुमाल, रमेश लिङ्दम,  इश्वर चिपालुको नाम सिफारिस गरेको छ । नगेन्द्र कुमाल यसअघि एकपटक समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भइसक्नुभएको थियो । 

कांग्रेसले क्षेत्र नम्बर–२ मा समानुपातिक तर्फ पनि नाम टुङ्ग्याएको छ । समानुपातिकतर्फ माधब चौलागाईं, प्रेमिका रानामगर , धनमान बराइली, सुजाता परियार, शान्तिकला राई तामाङ, निर्मला सन्जेल, भुवानीशमशेर राईको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ सुजाता परियार यसअघि दुुईपटक प्रतिनिधिसभा सदस्य बनिसक्नुु भएको छ । 

सिफारिसमध्ये केशव थापाको नाम दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।