गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २ गते । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले यस पटकदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यसअघि उक्त पुरस्कार स्व. गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।
“स्मृति दिवसभन्दा जीवन र योगदानलाई उत्सवका रूपमा सम्झनु उचित ठानेका छौँ । गौतमले अँगाल्नुभएको मूल्य र पत्रकारिताको भावना जीवित रहोस् भन्ने उद्देश्यले यस पटकदेखि उक्त पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिने छ,” अध्यक्ष गौतमले भन्नुभयो । यस पटक जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
यसै गरी करेन्ट पब्लिकेसनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याउँदै आउनुभएका प्राविधिक हरिबहादुर थापामगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ ।
यस्तै चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ प्रदान गरिने छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ ।