• २ पुस २०८२, बुधबार

खैरो हिरोइनसहित दुई जना पक्राउ

blog

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस २ गते ।
 धनकुटाको महालक्ष्मी नगरपालिका–८, स्थित चित्रेबाट खैरो हिरोइनसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ शङ्का लागि चेकजाँच गर्दा खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–६, स्थित कोपी चोक बस्ने अन्दाजी ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका–२, स्थित हुलाक टोल बस्से अन्दाजी ३१ वर्षीय तुलसी पौडेल रहेका छन् ।

उनिहरुको साथबाट प्लाष्टिकमा प्याक गरेको ४३० मिलिग्राम खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार प्रहरी चौकी हिले धनकुटाबाट प्रहरी नायब निरीक्षक चिरन्जिबि खड्काको कमाण्डमा खिटएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा लागुऔषध खैरो हिरोइन फेला परेको जनाइएको छ । पक्राउ परेका गुरुङ र पौडेललाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धानको भइ रहेको प्रहरीको भनाइ रहेको छ ।