एक हातमा कागजपत्र अर्को हातमा नाति।मलिन अनुहारले नै भनिरहेको थियो, उहाँ कुनै समस्यासँग जुधिरहनुभएको छ।मङ्गलबार सिंहदरबारको गेटमा देखिनुभएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति माग्नुभयो, “मभित्र जानुछ हजुर १ मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर भित्र नगई भएको छैन ।”
एक साता पहिले बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ का ३० वर्षीय गब्बु सुनार मंगलबार दिउँसो वडा नम्बर १ स्थित मलेरिया नालामा मृत फेला परेका हुन्।
सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो।
नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै सहकारी पीडितले आमरण र रिले अनशन सुरु गरेका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित चार दशमलव ७१ मेगावाट जलविद्युत आयोजनाको शेयर स्थानीयले पाउने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विभिन्न क्षेत्रमा नेपालीहरुले विश्वकीर्तिमान कायम गर्ने हिम्मत र साहस विश्वकै अनुपम भएको बताउनुभएको छ।
नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबारदेखि सप्ताहव्यापी रूपमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरेको छ ।
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाहरु सम्बन्धी मागको सम्बोधनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
ललितपुर महानगरपालिका–८ की सुरम्य शाकयले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्स गल्र्समा मङ्गलबार स्वर्ण जित्नुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ ।
शुभ अवसर ग्रामले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकबारे आर्थिक वर्ष २०८१/०८२ गरेको अध्ययनले ५६ प्रतिशत श्रमिक १८ वर्ष मुनिका बालबालिका रहेको देखिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।