सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिनुभयो ।
सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुरमा बाटोमा इँटा राख्ने विवादले दुई महिलाबिच झगडा र कुटपिट हुँदा एक महिलाको पाँच महिनाको गर्भ खेर गएको छ ।
जिल्लाको तल्लो क्षेत्रलाई केन्द्रित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालय सर्केगाडबाट हालसम्म ६ हजार बढीले सेवा पाएका छन् ।
नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ ।
बाजुराको पूर्वि उत्तर क्षेत्रमा पर्ने कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएसँगै अहिले यहाँका स्थानीय निकै हर्षित भएका छन् ।
रौतहटमा पछिल्लो एक साताभित्रै दुई जनाको हत्या र एक जनाको रहस्यमय मृत्युको घटनाले सुरक्षा निकायमा चुनौति थपिएको छ ।
फ्रानो सेलाक सम्भवतः अहिलेसम्मका सबैभन्दा भाग्यमानी व्यक्ति हुन् । यसैले सेलाकका साथीले उनलाई ‘मि. लक्की’ भन्ने गर्छन् । जीवनका विभिन्न समयमा सेलाकको सात पटक कालसँग जम्काभेट भयो तर हरेक पटक उनी सकुशल उम्किए । त्यसपछि आफू वास्तवमै असाधारण भाग्यमानी भएको सिद्ध गर्न सेलाकले सन् २००३ मा चिट्ठा नै जिते । सेलाकको जीवन दुर्भाग्यका कैयौँ घटनाले भरिपूर्ण छ ।
पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ४ घर भइ चितवनको भरतपुर महानगरपालिका ४ त्रिचोकमा बसोबास गर्दै आएका अमित महतो भन्ने कृष्ण मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
नारायण ढुङ्गाना काठमाडौँ, भदौ ९ गते । प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो । यसमाथि रङ पोतेर होइन, बालुवा चालेर । त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो । नयाँनयाँ कलाको अभ्यास गर्न रुचनाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपालि ठमेलमा भइरहेको कला प्रदर्शनीमा त्यही नौलो प्रस्तुति दिनुभएको छ । सिसौको काठमा उहाँले पहिले रेखा कोर्नुभयो । यसमा गम लगाउनुभयो । फरक फरक रङ मिसाएर तयार पारिएको रङ्गीन बालुवा चुहाएर उहाँले मण्डला तयार पार्नुभयो । मण्डलाको बीच भागमा हरित तारा (ग्रीन तारा) बनाउनुभएको छ । ठमेलस्थित छायाँ सेन्टरमा रहेको ‘द कला सलोन’मा पाँच जना कलाकारमध्ये शेर्पाको एउटा मात्रै कला प्रस्तुत भएको छ, ‘हरित तारा मण्डला’ । झट्ट हेर्दा ‘वाउ लाग्ने’ कला क्यानभासमा बनाइएको ठानिए पनि चित्र काठको फ्ल्याकमा रङ्गीन बालुवाको प्रयोग गरी सिर्जना गरिएको हो । बालुवामा पनि थाङ्काको प्रभाव राम्ररी प्रस्तुत गर्न कलाकार सक्षम देखिनुहुन्छ । मण्डला जस्तो कला पनि बालुवाबाट बनाइएको सिर्जना हेर्न लायक छ ।उहाँ भन्नुहुन्छ, “केही नयाँ दिउँ भनेर यो कला सिर्जना गरिएको हो, धार्मिक मान्यता अनुसार ने बालुवाको यो थाङ्का तयार पारिएको हो ।”विविधता बोकेको नेपालमा कलाको पनि विविधता रहेको छ । थाङ्का पौभा जस्ता मौलिक परम्परागत कलाका साथै थारु, अवधि, मिथिला जस्ता लोक कलाका साथै आधुनिक, समसामयिक कलाले नेपाललाई चिनाइरहेको छ । यस्तै कलाकृतिहरुसँग बनेको छ यहाँको कला प्रदर्शनी ‘द हिमालयन नाउ’ । ठमेल स्थित ‘द कला सलोन’मा जारी प्रदर्शनीमा ३२ थान कलाकृति सजिएका छन् । प्रदर्शनी संयोजक अर्का कलाकार उमेश श्रेष्ठका आठ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । घण्टीलाई मुख्य विषय बनाइ आफ्नो भावना पोख्नुहुने श्रेष्ठले प्रदर्शनीमा धार्मिक विषयलाई समाजसँग जोडेर कला सिर्जना गर्नुभएको छ । उहाँका ‘द होली किस’, लिभिङ गणेश, ‘विट्विन डिभोशन एण्ड सर्कल, दोलखाको भीमसेन, कुमारीजस्ता चित्रमा नेपाली कलामा आधुनिक चेतको आभाष पाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली समसामयिक तथा आधुनिक कलामा आफ्नोपन कसरी ल्याउने अभ्यास भएका कलालाई कसरी आधुनिक रुपमा परिभाषा गर्ने भन्ने सोच आफ्नो रहेकाले हिमालयनलाई जोडेर पहिचान विश्वमा पुर्याउने आफ्नो प्रयास हो ।” उहाँले यो विषयमा सिरिजमा कला प्रदर्शनी गर्ने योजना रहेको सुनाउनुभयो । उहाँले नेपाली समसामयिक कलालाई पुनः परिभाषित गरेर नेपाली कलालाई विश्व पहिचान दिने यात्रामा लागेको उहाँले बताउनुभयो । १३ वर्ष अघिको एउटा युवतीका वास्तविक कथालाई उतारेर उहाँले ‘प्रणय दिवस’ शीर्षकमा चोखो माया के हो त भनेर प्रस्तुत गर्नुभएको छ । आफ्नै घरमा डेरा गरेर बसेका केटासँग ती युवतीको लभ पर्छ । दुई वर्ष जीवित रह्यो । त्यसपछि खटपट भयो । तर पनि ती केटीले उसका लागि उपहार दिनका लागि कुरिरहेकी हुन्छिन् । चिमा ती युवती हिउँ परिरहेका बेला पनि केटालाई उपहार दिन कुरिरहेको दृश्य निक्कै मार्मिक लाग्छ । अर्की वीरगञ्जकी कलाकार राखी कर्णका १० वटा कलाकृतिमा मिथिला कलाको सुगन्ध यहाँ पाइन । उहाँले विष्णुलोक, दश अवतार, राधाकृष्ण, मयुर, भगिरथ गङ्गा, छिन्नमस्ता जस्ता विषयमा कलाकृति सिर्जना गर्नुभएको छ । भगिरथ गङ्गा जब पहिलोपटक धर्तीमा अवतरण गर्दा, गङ्गाले भन्नुभयो–“मेरो भार धर्तीले थाम्न सक्दैन, त्यसकारण भागीरथले तपस्या थाल्नुभयो, भगवान शङ्करले आफ्नो जटाले साथ दिएर थाम्नुहुन्छ भनेपछि भागीरथी गङ्गा धर्तीमा अवतरण गर्नुभएको धार्मिक विषयलाई उहाँले मिथिला कलाको सुगन्धका साथ प्रस्तुत गर्नुभएको छ ”। अर्का कलामा कलाकार कर्णले प्राय सुतिरहने नारायणको जागृत मुद्रालाई समेटेर प्रस्तुत गर्नुभएको छ । अर्को कलामा बुद्धका जन्म, बाल्यकाल, घर छाडेको र देहावसानलाई एउटै क्यान्भासमा समेट्नुभएको छ । उहाँ भन्नुहुन्छ, “टिपिकल मिथिला आर्टबाट अलिकति फरक कन्सेप्चुअल आर्टलाई अगाडि बढाउँदैछु, दुनियाँको अगाडि मिथिला कला राम्रो मूल्यमा पठाउन सकिन्छ भन्ने उद्देश्य मेरो हो, कलरलाई पनि खेलाएर प्रस्तुत गरेकी छु ।”सानैमा भित्तामा कला कोरेर कला सिर्जनामा लाग्नुभएकी कर्ण १० वर्षदेखि भने क्यानभासमा कला भर्दै आउनुभएको छ । उहाँले यमा मिथिलालाई फ्युजन गर्नुभएको छ । मिथिया आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ । त्यही कलालाई आर्ट भ्यालु जोडेर उहाँले नयाँ प्रयोग गरिरहनुभएको छ । त्यस्तै कलाकार शुभाद्री शुभाले पनि मिथिला शैलीमै ११ थान कला प्रदर्शनीमा राख्नुभएको छ । उहाँका कलामा माछा, कृष्ण बाललीला, मयुर, दश अवतार जस्ता विषयलाई समावेश गर्नुभएको छ । यस्तै कलाकार कुमार थापाका दुई थान आधुनिक मूर्ति राखिएका छन् । मुर्तिहरु ‘स्टेनलेस स्टिल’बाट बनाइएको छ । विविध धारमा बगिरहेको कलामा नेपालीपनको खोजी प्रदर्शनीको उद्देश्य रहेको प्रदर्शनी संयोजक उमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यसै कारण विविध विधामा काम गरिरहेका कलाकारलाई एकै स्थानमा ल्याउने प्रयास गरिएको हो ”। सो स्टुडियोले प्रदर्शनीको संयोजन तथा योजना बनाएको जनाउँदै श्रेष्ठले जारी प्रदर्शनी आगामी भदौ २४ गतेसम्म रहने बताउनुभयो । रासस
भरतपुर महानगरपालिकाले बजारको मुख्य दुई स्थानमा स्मार्ट शौचालय निर्माण थालेको छ । मुख्य बजार तथा सर्वसाधारणको भीड हुने स्थानमा शौचालयको अभाव हुँदा समस्या हुने गरेको थियो ।
लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनीको बागलुङ’ लोकार्पण भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक न्यौपानेको आमा पल्लबी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन्।
हरितालिका तिज हरेक वर्ष भाद्रपदको शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । यस दिन विवाहित महिलाहरू निर्जला र निराहार व्रत राखेर भगवान् शिव र माता पार्वतीको पूजा गर्छिन् तथा शिव पार्वतीसँग अखण्ड सौभाग्यवती हुने,
वर्षाका कारण करिब तीन साता रोकिएको पूर्वपश्चिम राजमार्ग विस्तार सुचारु भएको छ । सर्लाही, महोत्तरी र धनुषामा पूर्वपश्चिम राजमार्ग विस्तार गर्न सुचारु भएको हो । सर्लाहीको फूलजोर र महोत्तरीको माईस्थानमा कलभर्ट निर्माणका लागि प्राविधिक र मजदुर परिचालन हुन थालेका छन् ।
पूर्वी नवलपरासीको देवचुलीडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले चासो लिन थालेपछि अहिले त्यहाँ पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । समुद्री सतहबाट एक हजार ९३६ मिटर उचाइमा रहेको देवचुलीडाँडाको विकासमा अहिले गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेर पदमार्ग निर्माण सुरु गरेपछि देवचुलीको कुमसोतबाट र बुलिङटार
जमिनभन्दा केहीमाथि उठाएर बनाइएको पुरानो शैलीको सानो सुन्दर चिटिक्क परेको घर । बाहिरी भागमा दलान (सिकुवा), दलानसम्म पुग्ने गरी मिलाएर बनाइएको ढुङ्गे सिँढी, दलान ढाक्ने ढुङ्गा र माटोबाट बनाइएको सानो पर्खाल