• १ पुस २०८२, मङ्गलबार

शीतल लिम्बूलाई मिसेस नेपाल आइडल २०२५

blog

शीतल याक्सो लिम्बूलाई मिसेस नेपाल आइडल २०२५ को ताज

काठमाडौँ, पुस १ गते । यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शीतल याक्सो लिम्बूले पहिरिन सफल हुनुभएको छ । सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटीक उत्तर दिँदै उहाँले ताज चुम्न सफल हुनुभएको हो ।

कार्यक्रमको फर्स्ट रनर अपमा अन्जु थापा मगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी हुन सफल हुनुभएको थियो । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको नवौं संस्करण हो ।

करिब सवा दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्ष्मता अभिवृद्धि, बाैद्धिक विकासलगायतका विषयमा तालिम लिएका थिए ।

कोरियोग्राफर सुब्बाले महिलाहरुसँग मिल्दो गीतमा सुरुमै आकर्षक नृत्य गराउनुभएको थियो भने क्रमशः परिचयात्मक चरण, बेस्ट ड्रेस चरण, प्रश्नोत्तर र क्राउनिङ चरणहरुमा सम्पूर्ण प्रतियोगीहरुलाई अब्बल गराउन तयारी पारी प्रस्तुत गर्नुभएको थियो । 
व्यक्तिगत र पारिवारिक माहोलबाट बाहिर निस्केर यो प्रतिभा प्रस्फुटनको मञ्चसम्म आइपुगेका विवाहित महिलाहरु निकै प्रफुल्ल देखिन्थे ।

कोरियोग्राफर सुब्बाका अनुसार प्रतियोगीहरुले निकै मेहनत गरेको र आँखै सामु आफूले उनीहरुको परिवर्तित स्वरुप देखेकोमा आफूलाई खुशी लागेको बताइन् ।


कार्यक्रममा विविध सबटाइटल अर्वाडहरुसमेत वितरण गरिएको थियो । जसमा मोस्ट डिसेन्ट शीतल याक्सो लिम्बू, मोस्ट स्मार्ट अन्जु थापा मगर, वेस्ट ट्यालेन्ट नितु सिंह ठकुरी, बेस्ट कम्प्लेक्सन रोजिना वैद्य, मोस्ट कन्फिडेन्ट नुर्साङ तामाङ देउवा, मोस्ट एक्टिभ दिनुसा सम्बाहाम्फे लिम्बू, मोस्ट डाइनामिक मनु लिम्बू, मोस्ट ग्रेसफुल ललिताकुमारी खड्का बान्तवा, मोस्ट प्यासोनेट निता श्रेष्ठ रिमाल, मोस्ट डिलिजेन्ट श्वेता राई, बेस्ट डिसिपिलेन सृजनादेवी श्रेष्ठ, बेस्ट पर्सनालिटी अरुणा विश्वकर्मा, बेस्ट फोटोजेनिक भावना निरौला भट्टराई, मोस्ट डेडिकेटेड सुमित्रा बुढा गुरुङ, मोस्ट पपुलर श्वेता राई, पब्लिक च्वाइस रोजिना वैद्य, बेस्ट भिडियो च्वाइस सुमित्रा बुढा गुरुङ र बेस्ट मल्टिमिडिया विनर नुर्साङ तामाङ देउला हुन सफल हुनुभएको थियो ।

कार्यक्रममा कलाकारहरुको आकर्षक प्रस्तुतिले माहोल बनाएको कार्यक्रमको निर्णायक मण्डलमा मिस नेपाल २००० उषा खड्गी, अभिनेता तथा मोडल दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस मङ्गोल नेपाल २०२५ तथा फेसन डिजाइनर टिना आले कवर मगर र फेस अफ नेपाल २०२५ सदीक्षा श्रेष्ठ रहनुभएको थियो ।

विवाहित महिलाहरुको क्षमता उजागर गरी आफूभित्रको प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने कार्यक्रमको आयोजना गरिएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिनुभयो ।