गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री सम्मानित हुनुभएको छ । खत्री ईश्वपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त तथा शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा समारोहमा सोमबार सम्मानित हुनुभएको हो ।
भौगोलिक हिसाबले कालीकोट विकट छ तर पछिल्लो समय स्थानीय सरकार र विभिन्न सहयोगी निकायका सहयोगले गाउँ फेरिँदै गएका छन् ।
रुकुम पश्चिमका छ स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल तीन अर्ब ६७ करोड ३२ लाख ६१ हजार ४१० रुपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेका छन् ।
धार्मिक पर्यटकीय स्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने तयारी गरिएको छ । देवघाट क्षेत्र विकास समितिले तीन वटा पालिकासँग समन्वय गरी प्लास्टिकमुक्त बनाउन लागेको हो ।
पश्चिम सुर्खेतमा निर्माणाधीन मदन भण्डारी राजमार्ग निर्माणको काम सुस्त गतिमा भइरहेको छ । बड्डीचौर–खम्बागाडे खण्डको साढे १२ किलोमिटर सडक निर्माणमा ढिलाइ भएको हो । सम्झौता अनुसार यो सडक २०८१ साल असार १५ मा सकिनुपर्ने हो तर सङ्घीय सरकारबाट बजेट नआएको कारण देखाउँदै प्रक्रिया नै पूरा नगरी प्रदेश सरकारले स्वामित्व लिएको यो आयोजना सम्पन्न हुन अझै डेढ वर्ष लाग्ने देखिएको छ ।
दैलेखको आठबिस नगरपालिका–३ का तपेन्द्र शाहीले ट्रकमा भेटिएकी राउटे युवतीसँग अनुमतिबिना भिडियो खिचेर गत जेठमा टिकटकमा अपलोड गरे । भिडियो टिकटकबाट फेसबुकमा समेत फैलिँदै जाँदा ती युवतीको गोपनीयता र आत्मसम्मानमा गम्भीर असर परेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी प¥यो । उजुरीपछि सुर्खेत प्रहरीले शाहीलाई पक्राउ गरी विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मनाङमा मङ्सिर महिनामा जाडो र चिसो मौसमका बाबजुद उल्लेख्य सङ्ख्यामा पर्यटकको आगमन भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । नगरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा उपमहानगरपालिकाले सुरु गरेको थियो ।
दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो ।
भौतिक संरचनामा भएको क्षतिका कारण झन्डै तीन महिनादेखि अन्योल सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने भएको छ । सभा हल मर्मतको कार्य केही दिनभित्रै पूरा गरेर पुस पहिलो सातामै प्रदेश सभाको बैठक बसाउने तयारी गर्न लागिएको हो । सभा हल मर्मतको कार्य तीन÷चार दिनभित्रै सकिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्य सकेर छ/सात दिनभित्रै प्रदेश सभाको बैठक बसाउने तयारी रहेको उल्लेख गर्नुभयो ।
अत्यन्त विषालु रसेल भाइपर (बाघे) सर्प कैलालीमा फेरि भेटिएको छ । टीकापुर नगरपालिका–७ स्थित बैदीमा फेरि रसेल भाइपर सर्प भेटिएको हो । स्थानीय गङ्गाराम जैसीको घरबारीमा सोमबार रसेल भाइपर सर्प भेटिएको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले यो वर्ष मात्रै बैदीमा चार वटा रसेल भाइपर भेटिसकेको बताउनुभयो । ढुङ्गानाले भन्नुभयो, “यसअघि तीन वटा रसेल भाइपर भेटिएका थिए । अहिले चिसो भएका बेला पनि यो अत्यन्त विषालु सर्प यहाँ देखा परिरहेकाले सचेत रहन आवश्यक छ ।”
जाजरकोटको छेडागाड नगरपालिकामा २ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले बालमैत्रि वडा घोषणका लागि निर्धारण गरेका सवै सूचकहरु पूरा भएपछि विशेष सभाको आयोजना गरेर छेडागाड नगरपालिकाका वडा नं १२ र १३ लाइ बालमैत्री वडा घोषणा गरिएको हो ।
१२० वर्ष अघिको गोर्खापत्र
नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ ।