• १ पुस २०८२, मङ्गलबार

गोरखापत्रकर्मी खत्री सम्मानित

blog

सम्मान–पत्र ग्रहण गर्दै गोरखापत्रका सर्लाही समाचारदाता जनार्जन खत्री । तस्बिर : गोरखापत्र

सर्लाही, पुस १ गते । गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री सम्मानित हुनुभएको छ । खत्री ईश्वपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त तथा शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा समारोहमा सोमबार सम्मानित हुनुभएको हो ।

बालविवाहमुक्त तथा सतप्रतिसत विद्यालय भर्ना वडा बनाउने अभियानमा प्रारम्भदेखि नै योगदान पुर्‍याएको भन्दै खत्रीलाई ईश्वरपुर १२ नं. वडा कार्यालयले सम्मान गरेको हो ।

उहाँलाई ईश्वरपुर नगपालिकाका प्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी, वडाध्यक्ष देबिहादुर खत्रीलगायत भएर सम्मान गर्नुभएको छ ।