शनिबार राति भएको खेलमा पाहुना टाेली बार्सिलोनाले लिभान्तेलाई ३–२ गोलले हरायो । पहिलो हाफमा २–० गोलले पछि परेको बार्सिलोनाले पुनरागमन जित हात पारेको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो ।
नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।
नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्समा काँस्य पदक जित्नुभएको छ ।
उहाँहरु कालीगण्डकी नदीको सुन्दरतालाई चित्रमा उतारिरहनुभएको छ। कालीगण्डकीकाे गडगडाउँदो छाल, नागबेली बनेर बगेको नदी, हरिया डाँडाकाँडा, नीलाे आकाशलाई चित्रमा उतार्नु उहाँहरुको काम हो।
भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज साँझ बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले नयाँ मिति तोक्नु पर्ने भएकोले कर्णाली प्रदेशमा हुने प्रतियोगिता अनिश्चित बनेको हो । पदाधिकारीबिचको खिचातानीले राखेपको बाेर्ड बैठक बस्न सकेको छैन ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद तीन महिना थप भएको छ ।
स्याङ्जामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । स्याङ्जाको गल्याङदेखि कालीगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरकाे बोलेरो-जिप कालीगण्डकी गाउँपालिका–७ मिर्मी आरुचौरमा दुर्घटनामा परेको हो ।
गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपालले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको अभियानमा पाल्पाकी छात्रा ओजस्वी आचार्यलाई ‘जागरण दुत’ घोषणा गरेको छ।
समुद्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा अवस्थित बतासे याकखर्क लेकबाट देखिएको मुस्ताङको थासाङ गाउँपालिका-१ मा रहेको टुकुचे गाउँ, नालान्दा बुद्धिष्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपासका क्षेत्र ।
भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
मिथिलाको लोकपर्व चौरचन (चौठचाँद) नजिकिँदै गर्दा जनकपुरधाममा बाँस र माटाका सामग्रीको व्यापार चहकिलो बनेको छ ।
जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको बारम्बार फेदबदलले प्रशासनिक कामकाज प्रभावित हुने गरेको जनप्रतिनिधिहरुको गुनासो छ ।