सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवो पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले १६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिलाई सिफारिस गरेको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेशका नौ वटै जिल्लाका १६ वटा निर्वाचन क्षेत्रबाट एक सय जना उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिनुभयो । कांग्रेसका जिल्ला कार्यसमितिले क्षेत्रीय समितिमा सिफारिस गरेका प्रत्यक्षतर्फ, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारका आकाङ्क्षीको केन्द्रीय समितिमा सिफारिस गरिसकेको उहाँले बताउनुभयो ।
१२० वर्ष अघिको गोर्खापत्र
नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाटै आरम्भ भयो । सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरले सनद जारी गरी देशमा अखबारी पत्रकारिताको आरम्भ गर्नु अन्धकारलाई चिर्ने युगान्तकारी परिघटना थियो । सनदमा छाप्न हुने र नहुने समावेश भएका विषयमा इलमको विस्तार गर्ने विषय मात्र थिएन, कोलकाता र काठमाडौँका दरभाउ राख्ने मार्गनिर्देश थियो । त्यसमा पारदर्शी बजार र आपूर्ति प्रणा
जलवायु परिवर्तनले गर्दा आफ्नो घर, क्षेत्र वा देश छाड्न बाध्य भएका व्यक्तिहरूलाई ‘जलवायु शरणार्थी’ (क्लाइमेट रिफ्युजी) भनेर चिनिन्छ । मानिसहरू प्राकृतिक तथा मानवनिर्मित प्रकोप जस्तै बाढी, खडेरी, जङ्गल डढेलो, समुद्री सतहको वृद्धि, तापमान परिवर्तन, हिमनदी पग्लनु आदि कारणले जीवनयापन असम्भव भएपछि एक स्थानबाट अर्को स्थानमा बसोबास गर्न बाध्य हुन्छन् । यिनीहरू
वैदेशिक रोजगारी कहिले कसरी सुरु भयो भन्ने ठ्याक्कै तथ्य भेटिँदैन तर पनि नेपाली वैदेशिक रोजगारमा जाने प्रचलन धेरै पुरानो हो । युद्धका सिपाहीदेखि पछिल्लो पटक खाडी हुँदै युरोप पुग्ने नेपालीको सङ्ख्या ठुलै छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।
देशकै ठुलो महानगर पोखरा महानगरपालिकाले बुधबार ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवस विशेष समारोहमा महानगरले समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्नका रूपमा सम्मान गरेको हो ।
कवि रवि गिरीको कवितासङ्ग्रह ‘शान्तिको खोज’ को विमोचन गरिएको छ । कृतिको मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
१८ वर्ष मुनिका किशोरकिशोरी बालबालिका अभिभावकको अनुमति बिना होटल बस्न नपाइने भएको छ ।
गायक जयराम घिमिरेको शब्द तथा स्वरमा ‘गरौँ योग’ बोलको योग अभ्याससम्बन्धी गीत सार्वजनिक भएको छ । शारीरिक रूपमा स्वस्थ एवं मानसिक रूपमा आनन्द प्राप्तिका लागि योग नै उच्चतम उपाय हो भन्ने कुरा गीतमार्फत बताउन खोजिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
ऐतिहासिक एवं पुराताìिवक महìव बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट् राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण सुरु गरिएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,मा अवस्थित नामासुङ गाउँकी ८३ वर्षीया घरचुङ गुरूङले हातखुट्टा सुनिने र कम्मर दुख्ने समस्याको गाउँमै उपचार गर्नुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा