यस जिल्लाको गुल्मीदरबार गाउँपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । यहि पुस ७ देखि ९ गतेसम्म रुन्खा दह माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले जानकारी दिनुभयो ।
सञ्चार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण बेसक्याम्पमा सञ्चारको पहुँचका लागि ज्ञापनपत्र बुझाइएको छ ।
बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनमा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा परेका छन् ।
दाउरा काट्न जङ्गल गएका बालकको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । पाख्रिबास नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुदूरपश्चिम प्रदेशका विभिन्न भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन तथा नयाँ आयोजनाको शिलान्यास गर्नुभएको छ ।
निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४४ रुपियाँ ९२ पैसा कायम भएको छ ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका पदाधिकारी र प्रभावशाली नेता साबिककै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । कांग्रेसका क्षेत्रीय र जिल्ला कार्यसमितिबाट पार्टी पदाधिकारीलाई प्राथमिकतामा राखेर नयाँ पुस्तालाई पनि समेटेर उम्मेदवार सिफारिस गरिएको हो ।
अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा ‘गोरखापत्र डिस्कोर्स’ आज हुँदै छ । संस्थानले पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ शीर्षकमा आयोजना हुने यो कार्यक्रम ललितपुरको पुल्चोकस्थित दी प्लाजामा सञ्चालन हुने छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा राति ११ः३० बजेसम्म एक हजार ५९५ मत खसेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको मतदान भएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरकी ४८ वर्षीया पद्मीकला बम च्याउखेती गर्ने एक सफल महिला उद्यमी हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि च्याउखेती व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
कञ्चनपुरको एक वडा कार्यालयमा सात लाख रुपियाँ बराबरको चोरी भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ वडा कार्यालयमा प्रवेश गरी अज्ञात समूहले सात लाख बराबरको अत्यावश्यक उपकरण चोरी गरेर लगेको वडा अध्यक्ष तुलसी अर्यालले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा पत्रकारबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। आपसी सद्भाव, सहका
नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुईवटा हात्ती आज कतार पठाइएको छ ।