अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ का महिलाहरु, जो कहिल्यै चुल्होचौकाबाट बाहिर आउन सक्दैनथे, अहिले विकासदेखि आयआर्जनसम्मका काममा नेतृत्व भूमिकामा देखिन थालेका छन् ।
मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ ।
पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सुविधा र सुशासन प्रवर्धनका लागि अब ‘स्वयंसेवक कार्यालय व्यवस्थापन’ को अवधारणा लागू गर्ने तयारी गरेको छ ।
गत वर्षको मङ्सिर दोस्रो साता किसानले प्रति क्विन्टल तीन हजार सात सय पचास रुपियाँमा बिक्री गरेको मध्यम जातको धान यो वर्ष कम उत्पादन हुँदा पनि तीन हजार २५० भन्दा बिक्री भएको छैन ।
जेनजी आन्दोलनले नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्याएको छ । समयसापेक्ष नागरिक आवाजको सुनुवाइ भएन भने त्यसले उग्र रूप लिन्छ भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको छ । यसैको परिणामस्वरूप फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन हुँदै छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकेन्द्रित शान्तिसुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्न अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार विपत्का घटनासँग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र निर्वाचनकेन्द्रित रहेर सूचना आदानप्रदान गर्नका लागि अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको हो ।
धनकुटा नगरपालिका–६, स्थित सल्लेरीमा रहेको नेपाल नेत्रज्याति सङ्घ धनकुटाद्वारा सञ्चालित डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले वार्षिक १५ हजार आँखाका बिरामी परीक्षण गर्दै
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट २० लाख बराबरको कफीका दाना बरामद गरेको छ ।
नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम घडीमा पार्टीका वैचारिक, कुशल सङ्गठक महासचिवका उम्मेदवार शङ्कर पोखरेलले उत्साह र अर्थपूर्ण सन्देश सार्वजनिक गर्नुभएको छ ।
केही समयपहिले स्थानीयले झारा तिरेर निर्माण गरेका सडक, भवन, कुवा, पाटीपौवालगायतका संरचना कायमै छन् । तत्कालीन समयमा आफ्नै खाएर समाजका लागि योगदान हुन्थ्यो । अहिले सामाजिक काममा रुचि हुन छोडेको भए पनि गुल्मीको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकमा भने श्रम संस्कृति जीवितै राखिएको छ ।
नेपाली कांग्रेसले पार्टीको महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी एकसाथ अघि बढाएको छ । एकातिर पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले अधिवेशनका लागि पदाधिकारी र सदस्य पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने अर्कातिर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया पनि तीव्र रूपमा अघि बढिरहेको छ ।
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपियाँ रहेको छ ।
पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले क्षेत्रको आधारका रूपमा रहेको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको तीन दशक भइसक्यो । यो अवधिमा ट्र्याक त खोलिए
बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् ।