हिंसा पीडितहरुको उद्दार, मनोपरामर्श र पुनस्थापनामा बागलुङ नगरपालिकाले उदाहरणीय कार्य प्रस्तुत गरेको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका-५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारमबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो ।
मेरिङ्देन गाउँपालिकाले हरेक वर्ष पुस १ देखि ५ गतेसम्म लाग्ने पुसे मेलाका लागि दुई दिन बिदा दिएको छ ।
यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् ।
शिवनाथ गाउँपालिकाले केन्द्रबाट जारी निर्देशन अनुसार स्थायी, अस्थायी र करार शिक्षक तथा प्राविधिक तर्फका सहायक शिक्षकलाई उपलब्ध गराउनुपर्ने स्थानीय भत्ता निकासा गर्न आवश्यक थप बजेट उपलब्ध गराइ दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक अनुरोध गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि संयुक्त अभियान सुरु गर्दै दर्ता र नवीकरण नगरिएका इ–रिक्साको अनुगमन र नियमनमा कडाइ सुरु गरेको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घले यही पुस ३ गतेदेखि १४ गतेसम्म २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरु पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरु भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् ।
नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ । जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो ।
वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु. ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु. ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।
भारत र नेपालबिच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
नेपालगन्ज उपमहानगरपालिका –१ लाई खेलकुद हवका रूपमा विकास गर्ने लक्ष्यसहित वडा कार्यालयले पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी बढाउँदै लगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।