धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै
इलाम नगरपालिका-६ पानी ट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।
दसैँसँगै बढे पर्यटक
ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।
पर्यटकीयस्थल भैरवस्थानमा विशेष पूजा
पाल्पाको रिब्दिकोट गाउँपालिकामा अवस्थित भैरवस्थानमा नवदुर्गा सुरु भएसँगै विशेष पूजा गरिएको छ ।
लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
दसैँ अर्थात् घुमघाम
वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ । दसैँको परम्परागत शैली अनुसार टीका जमरा लगाउनेबाहेक यही बिदाको मेसोमा नयाँ ठाउँ र नौलो परिवेशको घुमघाम गर्ने चलन एकदमै बढ्दो छ । दसैँको अवसरमा सबै परिवारजनको भेटघाट हुने हुँदा पारिवारिक घुमघाम संस्कृति पनि फस्टाएको छ । दसैँ आसपासको मौसम नेपाल घुम्ने सबैभन्दा उत्तम मौसम पनि हो । यो नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने समयमा पर्छ । यसरी नेपाल घुम्न आउने पर्यटकबाटै नेपालीमा पनि विस्तारै घुम्ने संस्कृति विकास
मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित
विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
आन्तरिक उडानमा हवाई भाडादर घटाउने सहमति : संस्कृति मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायुसेवा लगायत सम्बन्धित संस्थाबिच बाहिरबाट काठमाडौँ फर्किने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबिच सम्झौता
पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबिच सम्झौता भएको छ ।
तिलिचोमा जोडियो वाइफाई
मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेपछि अझै पर्यटक आगमन बढ्नेमा मनाङी ढुक्क छन् ।