भेडा चराउन कृषकहरू हिमालको फेदीमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान थालेका छन् ।
बागमती नदीमा गरियो र्याफ्टिङ (फोटो फिचर)
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नदी महोत्सव तथा महाजल यात्रा गरिएको छ । नेपाल एसो सिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि शनिबार नदी महोत्सव तथा महाजलयात्राको आयोजना गरिएको हो ।
राराको सौन्दर्यमा हराउँदा
जेठको महिना वर्षा ऋतु नभए पनि विगत केही दिनदेखि दिनरात नभनी एकोहोरो आकाश रोइरहेछ । भित्ताको घडीले रातको १ बजाएको छ । रारासम्मको यात्रा अरुणोदय नहुँदै निस्कने तय भएकाले हुनु पर्छ, निद्रादेवी अलि टाढा नै भइन् । दूरभाष यन्त्रले बिहानको ४ बजेको जानकारी दियो । जुरुक्क उठेँ र नित्य कर्म सकेँ । नौ दशक काट्नुभएका बुवाले रारा जाने सबैलाई मङ्गलस्तोत्र उच्चारण गर्नुहुँदै टीका लगाई दिनुभयो । यसले थप ऊर्जा प्राप्त गरेको अनुभूति भयो ।
अन्नपूर्णमा पर्यटनबाटै एक करोड आन्तरिक आम्दानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षको सुरुमा नै तातोपानी कुण्ड र पर्यटकीय स्थलहरुबाट एक करोड बढी आन्तरिक आम्दानी सङ्कलन गरेकाे छ ।
ऐतिहासिक १३ तले मन्दिर ओझेलमा
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ ।
पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा
नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।
उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण
विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशुविज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो ।
याम्फुदिनको खाँगे झरना पर्यटकको पर्खाइमा
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । हालसम्म प्रवद्र्धन र आवश्यक प्रचार प्रसारको अभावले ओझेलमा परेको खाँगे झरना पर्यटकको पर्खाइ गर्न बाध्य भएको हो ।
माउन्ट एल्ब्रस आरोहणको अनुभव : आरोही शेर्मा
सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रूपमा कठिनाइ होला ।
नाग र कमलको फूलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी
तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्त्व रहेको छ ।
पर्यटन ऐन संशोधन आवश्यक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधानका लागि पर्यटन ऐन संशोधन गर्न मन्त्रालय लागेको बताउनुभएको हो ।
पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।
हनुमानढोका दरबार परिसर अवलोकन गर्दै विदेशी पर्यटक
विश्व सम्पदा सुचिमा रहेको काठमाडौँको हनुमानढोका दरबार परिसरमा अवलोकन गर्दै विदेशी पर्यटक
मकवानपुरगढीमा आन्तरिक पर्यटकको घुइँचो
वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठुलो ऐतिहासिक मकवानपुरगढी दरबार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन ।
मनाङ पुग्न छैन सजिलो
हिमालपारिको जिल्ला मनाङ पुग्ने रहर कसलाई हुँदैन र ! सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने मनाङका तस्बिर र भिडियोले सबैलाई लोभ्याइरहेका हुन्छन् । हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल मात्र होइन, बस्ती, संस्कार, संस्कृति, फाँटका फापर–करु र लटरम्म फलिरहेका स्याउका दानाले सबैलाई आकर्षित गर्छ ।
युरोपको हिमालमा फहराइयो नेपालको झण्डा
पाँचथरको कुम्मायक गाउँपालिका –२ मङजावुङका आरोही सुशील सेर्माले युरोप महादेशस्थित रसियाको माउण्ट एल्बु्रस हिमालको सफल आरोहण गर्दै शिखरमा नेपालको झण्डा फहराउनुभएको छ ।
एकै पटक दुई सय बङ्गलादेशी पर्यटक नेपालमा (फोटो फिचर)
दुई सयभन्दा बढी बङ्गलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।
सात सय बङ्गलादेशी पर्यटक नेपाल आउँदै
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा
रसुवाको गोसाइँकुण्ड आउने तीर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।
छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै
हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।
पाँचौँ पटक म्याद थप गर्दा पनि अझै सकिएन धरहरा निर्माण
२०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती
मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ ।
खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताउनुभएको छ ।
मोती पाइन सक्छ पोखराका तालमा
तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।