ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली ।
पर्यटक आगमन वृद्धि
कोरोना महामारीका कारण घटेको पर्यटन आगमन दर पछिल्लो महिना महामारीअघिकै अवस्थामा फर्किन लागेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जुलाईको तुलनामा यो वर्षको सातौँ महिनामा २९ प्रतिशतले सुधार भएको छ । सन् २०२२ को जुलाईमा ४४ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटक तान्दै रिघा उदय बुद्धविहार
वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल
वर्षातपछि मङ्गलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’
साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन ।
पर्यटन व्यवसायी नै पदयात्रामा
आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्यसम्म पु-याउन पदयात्रा सुरु गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका नयाँ पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायीकोपदयात्रा सुरु गरिएको हो। पहिचानमा नआएका तथा पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेका स्थलसम्म जिल्लाका पर्यटन व्यवसायी, लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तु तथा भारतका विभिन्न स्थानका पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी बनाइएको छ। हरेक साताको एक दिन पर्यटन व्यवसायी नै पदयात्रा गर्दै नयाँ गन्तव्यमा पुगेर ती स्थानको पर्यटन सम्भावना र अवसरका बारेमा जानकारी लिने काम भइरहेको छ।
पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो ।
म्याग्दीमा उनन्तिस हजारभन्दा बढी पर्यटक
गत आर्थिक वर्ष २०७९/८० मा २९ हजारभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् । आव २०७८/७९ मा सात हजार ९२६ जनाले भ्रमण गरेका थिए ।
दृष्टिविहीनले गरे प्याराग्लाइडिङ
सोमबार दिउँसो प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँमा भिडभाड थियो । भीडकै माझ थिए, फरक खालका यात्रुहरू । दुई विदेशीसहित १० नेपाली दृष्टिविहीन प्याराग्लाइडिङमा कास्कीकोटको मान्द्रढुंगाबाट चढेर त्यहाँ उत्रिएका थिए ।
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ
भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
सहृदयता र आत्मीयताका पर्यायी चिनियाँ नागरिकलाई भेट्दा
आहा ! कति सुन्दर सहर । जताततै फूलैफूलको मनमोहक दृश्य । सुन्दर, शान्त, विशाल भवनहरू । जताततै हरियाली सफाचट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन् यी ।
‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।
पर्यटक लोभ्याउँदै साँखदह
वर्षाको कारण भरिएको दह, चारैतिरको हरियाली वातावरण र स्थानीय सरकारले पर्यटनमैत्री विभिन्न संरचना निर्माण गरेपछि साँखदहले आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको हो ।
पर्यटकीय क्षेत्र पाँचधारे डाँडा
भोजपुर, साउन १४ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा । तस्बिर : युवराज विष्ट:रासस
बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताउनुभएको छ ।
बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
पर्यटक सूचना केन्द्र स्थापना
विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि पहल गरिरहेको पनौती नगरपालिकामा पनौती घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्य तथा पनौतीको महत्वका बारेमा जानकारी दिने उद्देश्यले ‘पर्यटक सूचना केन्द्र’ स्थापना गरिएको छ ।
तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड
काठमाडौँ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको छ ।
उपरदाङगढीको जीर्णोद्धार थालियो
चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोद्धार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो ।
हतुवागढीमा दिमालुङ स्मारक उद्यान
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो ।
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ ।
नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति
देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् ।
उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या
ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् ।
ओझेलमा परेको प्राकृतिक छ्योतछ्योत झरना
दोलखाको उत्तरी क्षेत्रको गौरीशङ्कर गाउँपालिका– ९ मा रहेको प्राकृतिक छ्योतछ्योत (तामाङ भाषामा पवित्र जल ) झरना ओझेलमा परेकोमा स्थानीय चिन्तित बनेका छन् ।