• १२ साउन २०८१, शनिबार

बागमती नदीमा गरियो र्‍याफ्टिङ (फोटो फिचर)

blog

नदी महोत्सव तथा महाजल यात्रामा सहाभागीहरु । तस्बिर : केशब गुरुङ

काठमाडौँ, भदौ ९ गते । बागमती नदी संरक्षण   अभियानलाई   प्रभावकारी बनाउन नदी महोत्सव तथा महाजल यात्रा गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स  क्लब  कुपण्डोलको   आयोजनामा गत वर्ष जस्तै  यस वर्ष पनि शनिवार  नदी महोत्सव तथा महाजलयात्राको आयोजना गरिएको   हो । 

बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्धनका साथै र्‍याफ्टिङ तथा जल पर्यटन  उजागर गर्न र नदी  महोत्सव  तथा महाजल यात्राको आयोजना गरिएको हो । “ललितपुरको कुपण्डोल स्थित बागमती पुलबाट बिहान ७ बजेबाट सुरु भएको महाजल  यात्रामा १५ वटा डुङ्गामार्फत  जलयात्रा गरिएको थियाे । नदी  सभ्यता  संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले सन् २००१  देखि हरेक वर्ष बागमती नदीमा  महाजलयात्रा हुँदै आएको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।